images
images
images
images

साताको शेयर बजार: २.५४% बढ्दा, ३ खर्बले बढ्यो लगानीकर्ताको सम्पति

images
images
images

काठमाडाैँ । यो साता नेप्से परिसूचक २ दशमलव ५४ प्रतिशतले बढेको छ । अघिल्लो साताको तुलनामा यो साता नेप्सेले छलाङ मारेको हो। नेप्से सूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । यो साता २,५८० दशमलव ४० सम्म पुग्यो त्यसैले १०१.०९ अंकको अस्थिरता देखियो। अघिल्लो साता परिसूचकले ७४.४२ अंकको अस्थिरता देखाएको थियो । बुधबार सबैभन्दा बढी ५२.३७ अंकले बढेर रु ९.२० अर्बको कारोबार भए पनि यो साता कुल कारोबार रु ३६.०९ अर्ब रुपैयाँको भएको थियो ।

६१ प्रतिशतले बढ्यो कारोबार

यो साता ६१.०१ प्रतिशतले कारोबार रकम बढेको छ । अघिल्लो साता २२ अर्ब ४० करोड रुपैयाँको मात्र कारोबार भएको थियो भने यो साता ३६ अर्ब रुपैयाँको कारोबार भएको हो । औसत दैनिक कारोबार रकम पनि बढेको छ । ५ अर्ब औसत कारोबार हुँदै आएकोमा यो साता दैनिक ७ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ ।
साताभरिमा नेप्से सूचक बढेसँगै लगानीकर्ताको सम्पती ३ खर्ब ८५ अर्ब रुपैयाँले बढेको छ । यसले आगामी दिनमा लगानीकर्ता शेयर बजारप्रति उत्साहित भएर लाग्ने देखिन्छ ।

विशेषगरी सरकारले अध्यादेश मार्फत विभिन्न कानूनलाई शंशोधन गरेपछि ब्यवसायी र सूचना प्रविधि क्षेत्र र उत्साहित भएका छन्। त्यस्तै साना पूँजी भएका कम्पनीले पनि आइपिओ प्रणालीमा जान पाउने प्रावधानले लगानीकर्ता उत्साहित बन्न पुगेको लगानीकर्ताहरुको विश्लेषण छ । यद्यपी बजारको आफ्नै विशेषता र ट्रेन्ड हुन्छ । ब्याजदर घट्दो क्रममा रहेको लगानीगर्ने कर्जा तरलता प्रशस्त भएका कारणले पनि आगामी दिनमा अझ लगानीकर्ता उत्साहित भइरहेका छन् ।

यो साताका कारोबारमा १३ वटै समूहको सूचकमध्ये फाइनान्स समूहको सूचकबाहेक सबै सूहको बढेको छ । वाणिन्य बैंक समूहको सूचक०.३१ प्रतिशतले बढेको छ भने सर्वाधिक बढ्नेमा उत्पादनमूलक समूहको ५.३४ प्रतिशतले बढेको छ ।

त्यस्तै लगानीगत समूह, निर्जीवन बीमा समूह, माइक्रोफाइनान्स समूहको सूचक ४ प्रतिशतले बढेको छ ।
यो दिन सर्वाधिक नाफा कमाउने कम्पनीमा सप्तकोशी डेभलपमेन्ट कम्पनी रहेको छ । कम्पनीको २७.६६ प्रतिशतले बढेको छ । प्रतिशेयर ११७५ रुपैयाँबाट बढेर १५ सय रुपैयाा प्रतिकित्ता पुगेको हो । त्यस्तै सर्वाधिक गुमाउने कम्पनीमा सुपरमादी हाइड्रो पावर कम्पनीको २३.९४ प्रतिशतले घटेको छ । १६४० प्रतिशत शेयर रहेको कम्पनीमा यो दिन १२४७ मा आइपुगेको हो ।

images
images

प्रतिक्रिया दिनुहोस्