images
images
images
images

नेपालामा जगदम्बा मोटर्सले इमास ७ इभी कार भित्र्याउने

images
images
images

काठमाडौँ । जगदम्बा मोटर्सले नेपालमा मलेसियन प्रोटन इमास ७ इभी कार ल्याउने भएको छ ।
मलेसियामा गत डिसेम्बरमा लन्च भएको प्रोटनको इभी इमास ७ कार अब नेपाली बजारमा समेत ल्याइने भएको हो ।
प्रोटनले मलेसियापछि नेपालसहित त्रिनिदाद, टोबैगो, सिंगापुर र मौरिशसमा पनि इमास ७ इभी लन्च गर्ने तयारी गरेको जनाएको छ । प्रोटन इमास ७ प्राइम र प्रिमियम गरि दुई भेरीयन्टमा उपलब्ध रहेका छन् ।
प्रोटन इमास ७ ले आसियान एनक्यापबाट ५ स्टार सुरक्षा मूल्याङ्कन सहित कुल ९२ दशमलब ५७ अंक प्राप्त गरेको छ । जसमा वयस्क यात्री सुरक्षामा ३९, बाल यात्री सुरक्षामा १७ दशमलब ३२, सुरक्षा सहायतामा २० र मोटरसाइकल चालक सुरक्षामा १६दशमलब २५ अंक प्राप्त गरेको छ ।
शंकर ग्रुपको टू ह्विलर र फोर ह्विलरको नेपालका लागि आधिकारिक विक्रेता रहेको जगदम्बा मोटर्सले जनवरी महिनामै डेमो कार काठमाडौँ ल्याउने बुझिएको छ भने कम्पनिले आधिकारिक जानकारी नदिए पनि मार्चको तेस्रो सातासम्म नेपालमा लन्च गर्ने तयारी गरेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्