Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ब्रदरका प्रिन्टर खरिद गर्दा ५० प्रतिशतसम्म छुट

ब्रदरका प्रिन्टर खरिद गर्दा ५० प्रतिशतसम्म छुट
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारको सर्वाधिक लोकप्रिय प्रिन्टर ब्रान्ड ब्रदरले आफ्ना ग्राहकहरूलाई ५० प्रतिशतसम्म छुट दिने भएको छ । सागर ग्रुपले ब्रदर टोनर बक्स सिरिजअन्तर्गतका प्रिन्टरको खरिदमा उक्त प्रतिशतसम्म छुट पाइने व्यवस्था मिलाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

यो छुटको सुविधा तेस्रो संस्करणको‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल मिट एण्ड ग्रिट, एक्स्पो–२०२५’ बाट लिन सकिने छ । उक्त एक्स्पो बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा माघको २३ गतेदेखि २९ गतेसम्म आयोजना हुँदैछ ।

सागर ग्रुपका अनुसार सोही एक्स्पोमा ६ वटा मोडलका ब्रदर टोनर बक्स सिरिजका प्रिन्टरहरू पनि लन्च हुनेछन् । जापानी उत्पादक ब्रदर इन्टरनेशनल कर्पोरेशनद्वारा उत्पादित ब्रदर प्रिन्टर नेपाली बजारमा निकै लोकप्रिय बनि सकेका छन् ।

स्मार्ट लुक्स, ड्युरेविलिटी, कम लागतमा उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता, इको–फ्रेन्डली डिजाइन ब्रदर प्रिन्टरका प्रमुख विशेषता हुन् । ब्रदर टोनर बक्स सिरिजअन्तर्गत ब्रदर डीसीपी–बी७६२०डीडब्लू ३–इन–१ लेजर प्रिन्टर–मोनो, ब्रदर डीसीपी–बी ७६४०डीडब्लू ३–इन–१ लेजर प्रिन्टर–मोनो र ब्रदर एमएफसी–बी ७८१०डीडब्लू लेजर एमएफसी प्रिन्टर–मोनो मोडलका प्रिन्टर रहेका छन् ।

यस्तै, उक्त सिरिजमै ब्रदर एचएल–बी२१००डी लेजर प्रिन्टर–मोनो, ब्रदर एचएल–बी२१५०डब्लू लेजर प्रिन्टर–मोनो र ब्रदर एचएल–बी२१८०बीडब्लू लेजर प्रिन्टर–मोनो मोडलको प्रिन्टर रहेको छ । यी सबै मोडलका प्रिन्टर लन्चसँगै नेपाली उपभोक्ताको रोजाइमा पर्ने विश्वास सागर ग्रुपले लिएको छ ।

नेपाली उपभोक्तालाई आर्थिक रूपमा थप लाभान्वित गराउने उद्देश्यका साथ नेपालका लागि ब्रदरको आयातकर्ता सागर ग्रुपले ब्रदरका प्रिन्टरमा प्यारेन्ट कम्पनीसँगको सहकार्यमा विशेष छुट साथै लन्चको घोषणा गरेको सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले जानकारी दिइन् । व्यावसायिक उपभोक्ता तथा इन्टरप्राइजेजहरुको पहिलो रोजाइमा पर्न सफल ब्रदरका यी प्रिन्टर अपडेटसहित नेपाली बजारमा आएका हुन् ।

‘यो सिरिजअन्तर्गतका ब्रदर प्रिन्टर नेपाली उपभोक्ताले अत्यधिक रुचाएका र आर्थिक रूपमा सर्वाधिक किफायती मानिएका प्रिन्टर हुन्, यसले प्रिन्ट सेवामा नयाँ अनुभव प्रदान गर्छ,’ उनले भनिन् । यस्तै, एक्स्पोको आयोजना अवधिभर ब्रदर टोनर बक्स सिरिजसँगै न्यूनतम २० प्रतिशत छुट उपभोक्ताले ब्रदरका जुनसुकै प्रिन्टर खरिद गर्दा पाउँन सक्नेछन् ।

सागर ग्रुपले करिव दुई दशक यता नेपाली बजारमा निरन्तर आयात तथा बिक्री वितरण गर्दै आएको ब्रदर प्रिन्टर बिक्रीपछिको सेवालाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ । प्रतिस्पर्धी मूल्यमै ब्रदरका गुणस्तर प्रिन्टर उपलब्ध भएकाले यसको माग बजारमा उच्च रहेको बताइएको छ ।

प्रिन्टरमा कुनै पनि किसिमका समस्या आएमा कम्पनीले तुरुन्त मर्मत गरिदिने, तोकिएको वारेन्टी सहजताका साथ कार्यान्वयन गर्ने र यथेष्ट स्पेयर्स पार्ट्स स्टकमै राख्ने भएकाले पनि ब्रदरका प्रिन्टरको डाउन टाइम अत्यन्तै कम रहेको उपभोक्ताहरू स्वयं बताउँछन् । ब्रदरले ग्राहक सेवामा देखाएको प्रतिबद्धताका कारण पनि ब्रदर प्रिन्टर प्रति आम उपभोक्ताको क्रेज चुलिँदै गएको हो ।

यति मात्र नभई ब्रदरका उत्पादन अनलाइनबाटै अर्डर गर्न सकिने व्यवस्था सागर ग्रुपले मिलाएको हुँदा प्रिन्टर खरिद गर्न चाहनेहरूका लागि थप सहज भएको छ । ग्राहकले बेलियो डट कममा गएर विभिन्न मोडलका प्रिन्टरको फिचर हेर्न र खरिद गर्नसक्ने बताइएको छ । ब्रदर आफ्ना उपभोक्तालाई सन्तुष्ट राख्न हमेसा प्रतिबद्ध रहेको उपाध्यक्ष मानन्धरले बताएकी छिन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit