
काठमाडाैं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ७.१३ अंकले बढेर २ हजार ७६५. ८८ विन्दुमा आइपुगेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको बजारमा यो दिन केही सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षाको तयारीमा जुटेको छ । यसले लगानीकर्ता पर्ख र हेरको अबस्थामा देखिएका छन् । बढेको बजारमा गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल ल्युब आयल, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्य ६.२८ प्रतिशतदेखि १० प्रतिशतले सर्किट मूल्य समेत लागेको छ ।
यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारम आएका ३१२ कम्पनीको १७ लाख ८६५ कित्ता शेयर किनबेचहुँदा ९ अर्ब ९० करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी,हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, एनआरएन इन्फाष्ट्रचर र सिइडीबी होल्डिङको शेयर मूल्य २४ करोड ५१ लाख रुपैयाँदेखि १ अर्ब रुपैयाँसम्मको कारोबार भएको छ ।
बढेको बजारमा वेन नेपाल लघुवित्त वित्तीय संस्था,राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन,रिलायन्स फाइनान्स,छ्याँङदी हाइड्रो पावर, बोटलरर्स नेपाल ( बालाजु)को ४.४ प्रतिशतदेखि ८.९७सम्मले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्