
काठमाडौं । साताको चौथो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ ।
मंगलबार सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ७१ हजार ३०० रुपैयाँ कायम भई हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको थियो । आज सुन तोलामा आठ सय रुपैयाँ घटेर
१ लाख, ७० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ भने तोलामा ३० रुपैयाँ घटेर १९ सय ४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा १९ सय ७० रुपैयाँ कायम भएको थियो ।
प्रतिक्रिया दिनुहोस्