Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल टिस्यु उद्योग संघको अध्यक्षमा घिमिरे निर्वाचित

नेपाल टिस्यु उद्योग संघको अध्यक्षमा घिमिरे निर्वाचित
विज्ञापन
Advertisement

काठमाडाैँ । नेपाल टिस्यु उद्योग सङ्घको तेस्रो वार्षिक साधारणबाटयादव घिमिरेलाई अध्यक्षमा निर्वाचित भएका छन् । विहिबार लोकन्थलीस्थित अगेनो झिर सेकुवा कर्नरमा सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

नयाँ कार्यसमितिको उपाध्यक्ष रामहरि कार्की चयन भएका छन् भने सचिवमा विष्णुप्रसाद बख्रेल, कोषाध्यक्षमा श्यामहरि लुइँटेल चयन भएका छन् । यसै गरी सदस्यहरूमा प्रेमहरि मैनाली, निरञ्जन घिमिरे, राजेश श्रेष्ठ, अनिल प्रधान, सुनिला गोयल अग्रवाल चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष यादव घिमिरेले सङ्घको सदस्यता विस्तार, मर्यादित तथा व्यवस्थित सङ्गठन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, टिस्यु पेपरको कच्चा पर्दाथमा सरकारले लगाउँदै आएको अन्तः शुल्क हटाउन पहल गर्ने बताए।

कार्यक्रमका प्रमुख अतिथि धर्मेन्द्र झा ले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै, सङ्घको अहिलेको समस्या र त्यसको समाधान गर्ने उपाय सुझाउँदै नेपाली टिस्यु पेपरहरू पनि अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न पहल गर्न नवनिर्वाचित कमिटीलाई आग्रह गरेका थिए। सङ्घका निवर्तमान अध्यक्ष मनोज मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुशील कुमार गोशाली र इन्द्र बहादुर कार्की अतिथिका रूपमा उपस्थित थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit