images
images
images

‘मिट एण्ड ग्रिट’ एक्स्पो २३ गतेदेखि हुँदै, टोनर बक्स सिरिजका प्रिन्टर खरिदमा ५० प्रतिशतसम्म छुट

images
images

काठमाडौँ । सागर ग्रुपले ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल ‘मिट एण्ड ग्रिट एक्स्पो–२०२५’ को आयोजना गर्ने भएको छ । बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा सागर ग्रुपले माघको २३ देखि २९ गतेसम्म एक सातासम्म उक्त एक्स्पो सञ्चालन गर्न लागेको हो ।

आफ्नो ब्रान्ड तथा उत्पादनहरुको प्रयोग, विशेषतालगायत वर्तमानमा आएको सूचना प्रविधि र बिस्तारबारे जानकारी दिने उद्देश्यले एक्स्पोको आयोजना गरिएको सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धर जानकारी दिइन् । नेपालमा आईटी सम्बन्धी प्रडक्ट बिक्री, वितरण तथा गुणस्तर सेवा दिँदै आएको उक्त ग्रुपले विगत १६ वर्षदेखि ब्रदरका प्रिन्टरहरू बिक्री गर्दै आएको छ । तेस्रो संस्करणको यस एक्स्पोमा ब्रदर तथा कोनिका प्रिन्टर साथै एक्स–ल्याब ल्यापटप पनि राखिने आयोजकले जनाएको छ । यसैगरी, एक्स्पोमा क्यास्परस्की, आईडीपी, माइक्रोप्याक आदि ब्रान्डका सामान पनि उपलब्ध रहने बताइएको छ ।

images
images

एक्स्पोमा प्रविधिसँग सम्बन्धित धेरै विषयहरू समावेश भएकाले अवलोकन कर्ता र। ग्राहकहरूलाई नयाँ अनुभव प्रदान हुने मानन्धरले बताइन् । ‘एक्स्पोमा हामीले बिक्री गर्दै आएका सामानहरू हुनेछन्, यो एक्स्पोले नयाँ र अपडेटेडका साथै नवप्रवर्तन प्रविधिको बारेमा जान्न, बुझ्ने र किन्ने अवसर प्रदान गर्नेछ,’ प्रधानले भनिन् । सागर ग्रुपले एक्स्पोमा गएर प्रिन्टर वा कुनै सामान खरिद गर्दा विशेष छुटको व्यवस्था गरेको जनाएको छ । ७ दिन सञ्चालन हुने यो एक्स्पोमा टोनर बक्स सिरिजअन्तर्गतका प्रिन्टरहरू पनि लन्च गरिने छ । एक्स्पो अवधिभर टोनर बक्स सिरिजका प्रिन्टरको खरिदमा ५० प्रतिशतसम्म र ब्रदरका जुनसुकै प्रिन्टरको खरिद न्यूनतम २० प्रतिशत छुट उपभोक्ताले पाउँने छन् ।

एक्स्पो प्रत्येक दिन बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । सागर ग्रुपका अनुसार एक्स्पोमा क्युआर कोड मार्फत नाम दर्ता गरेर निःशुल्क प्रवेश गर्न सकिन्छ ।

images
images

प्रतिक्रिया दिनुहोस्