
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्श (एनसीसीआई) ले भृकुटीमण्डपमा विभिन्न उद्योगी व्यवसायीहरुको भेला हुने गरी चारदिने कार्यक्रम आयोजना गर्ने भएको छ । माघ ३० देखि फागुन २ गतेसम्म आयोजना हुने कार्यक्रमले विभिन्न टायल्स उत्पादक कम्पनीहरूलाई आफ्ना उत्पादनहरू प्रदर्शन गर्न प्लेटफर्म प्रदान गर्ने छ ।
यसैबीच चेम्बर मेलामा नेपालको अग्रणी टायल ब्रान्डहरूमध्येको कजारिया रमेश टाइल्स लिमिटेडले एक आकर्षक स्टल राखेकाे थियो । प्रदर्शनीमा नेपालमै उत्पादन भएका उच्च गुणस्तर र आकर्षक डिजाइनका टाइल्सहरू अवलोकनकर्ताको माझ लोकप्रिय बनेको छ ।
मजबूती, आकर्षक डिजाइन र अत्युत्तम गुणस्तरको लागि प्रख्यात कजारिया रमेश टाइल्स लिमिटेडका उत्पादनहरूमा दर्शकले विशेष चासो दिएको कम्पनीले जनाएको छ । आठौँ चेम्बर एक्पोमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत कजारिया रमेश टाइल्स लिमिटेडको स्टलसहित विभिन्न स्टलहरू अवलोकन गरेका छन्। कजारिया रमेश टाइल्स लिमिटेडको टोलीले आफ्नो उत्पादनहरू प्रधानमन्त्रीबाट अवलोकन गराउन पाएकोमा गर्व महसुस गरेको उल्लेख गरेको छ। कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक संजय अग्रवालले भने, ‘हामी यस प्रतिष्ठित कार्यक्रमको हिस्सा हुन पाउँदा गर्व गर्छौं । हाम्रो लक्ष्य गुणस्तर, शैली र उचित मुल्यको संयोजन गर्दै नेपालमा विश्वस्तरीय टाइल्स ल्याउनु हो ।’
रमेश कर्प र भारतको अग्रणी टाइल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजारिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५.२ लाख वर्गमिटर टाइल उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ।
यो ४०० करोड रुपैयाँ लगानी गरी उत्पादन गरिरहेको कम्पनीले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसरहरू प्रदान गरेको कम्पनीले स्थानीय समुदायलाई रोजगारीमा प्राथमिकता दिएको छ ।
प्रतिक्रिया दिनुहोस्