Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रभु बैंकको नयाँ शाखा दार्चुलामा

प्रभु बैंकको नयाँ शाखा दार्चुलामा
विज्ञापन
Advertisement

दार्चुला । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदूर पश्चिम प्रदेशको दार्चुला जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। महाकाली नगरपालिका–४, खलंगामा अवस्थित यो शाखा बैंकको ३१२ औं शाखा कार्यालय हो।

विज्ञापन
Advertisement
Advertisement

बैंकले शाखा विस्तार गर्दै देशभर आफ्ना सेवा केन्द्रहरू स्थापना गरिरहेको छ, जसले सर्वसाधारणलाई सरल, सहज र गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ। प्रभु बैंकको यो पहलले बैंकिङ्ग पहुँचलाई अझ विस्तार गर्दै समग्र आर्थिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।

दार्चुला शाखा कार्यालयको समुद्घाटन समारोहमा बैंकका सुदूर पश्चिम प्रदेश प्रमुख, कर्णाली प्रदेश प्रमुख, स्थानीय बासिन्दा तथा विभिन्न व्यवसायिक प्रतिष्ठानका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। शाखा सञ्चालनमा आएसँगै स्थानीय व्यापारी, उद्योग, संघसंस्था तथा सर्वसाधारणलाई प्रभु बैंकको आधुनिक बैंकिङ्ग सेवा सहज रूपमा प्राप्त हुने भएको छ।

यस शाखाको सञ्चालनसँगै प्रभु बैंक लिमिटेडले आफ्नो सेवा सञ्जाल देशका ७७ वटै जिल्लामा विस्तार गर्न सफल भएको छ, जसले राष्ट्रव्यापी बैंकिङ्ग पहुँचलाई अझ सशक्त बनाउने विश्वास बैंकले लिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit