Advertisement
Advertisement
Corporate Samachar
३ भाद्र २०८३, बुधबार
Advertisement
Advertisement

साढे १२ करोड लगानीमा रमदैयामा ‘वाटरपार्क’ निर्माण

साढे १२ करोड लगानीमा रमदैयामा ‘वाटरपार्क’ निर्माण
विज्ञापन
Advertisement

काठमाडौं ।  धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयामा १८ हजार स्क्वायर फिट क्षेत्रफलमा वाटरपार्क निर्माण गरिएको छ । मधेस प्रदेशकै ठूलो भनिएको सो वाटरपार्क १२ करोड ५० लाख रुपैयाँमा निर्माण सम्पन्न गरिएको हो । जनकपुर–ढल्केवर छ लेन सडकसँगै रहेको उक्त वाटरपार्क आजबाट सञ्चालनमा आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

जानकी फन पार्क एन्ड रिसोर्ट प्रालिअन्तर्गत व्यवसायी गुड्डु जैन, अभिषेक गोयन्का, डा मोनी महतो र खुश्वु जैन सर्राफको लगानीमा निर्मित वाटरपार्कको आज अभिनेत्री प्रियङ्का कार्कीले उद्घाटन गरिन् ।

जानकी फन पार्क एण्ड रिर्सोट प्रालिका प्रबन्ध निर्देशक गुड्डु जैनले जनकपुर आउने पर्यटकलाई लक्षित गरेर वाटर पार्क निर्माण गरिएको बताए । “यस भेगको पर्यटकीय विकास र जनकपुर आउने पर्यटकलाई केहीबेर रोक्न वाटर पार्क बनाइएको हो”, उनले भने, “गर्मीको सिजनमा वाटर पार्कले शीतलता प्रदान गर्नेछ ।”

उनका अनुसार तीन फिटमुनिका बालबालिकालाई प्रवेश निःशुल्क र अन्यको हकमा करबाहेक आठ सय ४० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । वाटर पार्कमा एकैसाथ दुई हजार जना अट्ने क्षमता छ । सिद्धार्थ बैंकको ऋण सहयोगमा सो पार्कमा अन्य संरचना समेत निर्माण गरिएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit