Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नाडाको सहभागितामा पाँचौं राष्ट्रिय श्रम सम्मेलन सुरू

नाडाको सहभागितामा पाँचौं राष्ट्रिय श्रम सम्मेलन सुरू
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आजदेखि काठमाडौंमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन शुरू भएको छ। तीन दिनसम्म चल्ने यो सम्मेलन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा भइरहेको छ।

विज्ञापन
Advertisement
Advertisement

यस वर्षको सम्मेलनमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) पहिलो पटक वित्तीय सहयोगीका रूपमा सहभागी भएको छ। सम्मेलनमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) र नाडाबीच अटोमोबाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम सञ्चालन तथा प्रशिक्षार्थीहरूलाई रोजगारीको सुनिश्चितता दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ। नाडाका अध्यक्ष करण चौधरीले हस्ताक्षर गरेको यो सम्झौताले सरकार र निजी क्षेत्रबीच समन्वयको अपेक्षा गरिएको छ।

नाडाका अध्यक्ष चौधरीले सम्मेलनमा अटोमोबाइल उद्योगमा सीप विकास र रोजगारीका विषयमा नीतिगत सुझाव प्रस्तुत गरे। उनले नेपालको रोजगारी अवस्था, विदेशमा बसाइँसराइको प्रभाव, अटोमोबाइल क्षेत्रको योगदान र यस क्षेत्रमा देखिएका चुनौतीहरूबारे तथ्याङ्कसहित जानकारी दिए। उनले अटोमोबाइल क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न तालिमका अवसरहरू विस्तार गर्नुपर्ने आवश्यकतामाथि जोड दिए।

सम्मेलनमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, आमन्त्रित सदस्य नारायणप्रसाद पौडेललगायत सहभागी भएका थिए। सम्मेलनले श्रम बजारको वर्तमान अवस्थालाई मूल्यांकन गर्दै भविष्यमा रोजगार सृजनाका लागि आवश्यक रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit