काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा मंगलबार सम्पन्न भएको हो ।
सभाले सञ्चालक समितिले निर्णय गरे अनुसार हाल कायम चुक्ता पूँजीको ८.७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ। गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू समेत छलफल गरी पारित भएका छन् । यस्तै, चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याएको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गरेको इन्स्योरेन्सले फागुन १३ गतेसम्म कायम शेयरधनीहरूलाई लाभांश प्रदान गर्ने जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्