काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत काठमाडौं बाल स्वास्थ्य संस्थानलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
आइजीआईले तीस लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । आज कम्पनीका अध्यक्ष हेमराज ढकालले संस्थानका अध्यक्ष डा.भगवान कोइरालालाई उक्त चेक हस्तान्तरण गरे ।

कम्पनीले बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुयाउने उद्देश्य लिई सहयोग गरेको जनाएको छ ।
कम्पनीबाट प्रदान भएको उक्त रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्ने पवित्र उद्देश्य सहित काठमाण्डौंको गोल्फुटार, बुढानिलकण्ठमा निर्माणाधिन बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुनेछ ।
सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले काठमाडौं बाल स्वास्थ्य संस्थानको व्यवस्थापन समूहलाई धन्यवाद दिँदै पुण्य कार्यमा आइजीआईले आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।
यस्तै, श्रेष्ठले समयमा निर्माण कार्य सम्पन्न गरी अस्पतालबाट बालबालिकाहरुले विशिष्टिकृत स्वास्थ्य सेवा प्राप्त गर्ने विस्वास व्यक्त गर्दै अध्यक्ष डा. भगवान कोइराला लगायत व्यवस्थापन समूहलाई सफलताको शुभकामना दिए ।
सो अवसरमा कम्पनी संचालक समितिका सदस्य राजेन्द्र सिंह भण्डारी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलगायत उपस्थित थिए ।

















प्रतिक्रिया दिनुहोस्