Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा सापकोटा चयन

नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा सापकोटा चयन
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट भागिरथ सापकोटा सर्वसम्मत अध्यक्ष चयन भएका छन्। यसअघि उनलाई महाधिवेशन आयोजक कमिटीको संयोजकको जिम्मेवारी दिइएको थियो।

विज्ञापन
Advertisement
Advertisement

महासंघको नयाँ कार्यसमितिमा सुवर्ण श्रेष्ठ र शोभा गुरुङ उपाध्यक्ष, बालकृष्ण शिवाकोटी महासचिव, प्रकाश पौडेल उपमहासचिव तथा डोलनाथ खनान, गोपाल खनाल, सरोज यादव र रामराजा श्रेष्ठ सचिव चयन भएका छन्। साथै, ९९ सदस्यीय केन्द्रीय कमिटी पनि सर्वसम्मत चयन भएको छ।

नवनिर्वाचित अध्यक्ष सापकोटाले महाधिवेशन भव्य रूपमा सम्पन्न भएको बताउँदै व्यवसायीहरूको समस्या समाधानका लागि सरकारले चासो दिनुपर्ने उल्लेख गरे। महाधिवेशन उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली स्वयं उपस्थित भएका थिए।

एमाले निकट उद्योगी व्यवसायीहरूको सहभागिता रहेको महासंघका ६५ जिल्लामा जिल्ला संघ र १२० नगर संघ छन्। महासंघमा विभिन्न ११ वस्तुगत संघसहित ७० हजारभन्दा बढी व्यवसायी सदस्य रहेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit