Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एनएसएलमा ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनर बन्यो एनसेल

एनएसएलमा ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनर बन्यो एनसेल
विज्ञापन
Advertisement

काठमाडौं । यही शनिबारदेखि सुरु हुन गईरहेको बहुप्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन– ३ मा सहभागी ललितपुर सिटी एफसीसँग एनसेलले ‘पावर्ड बाई’ प्रायोजकको रुपमा साथ दिने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार एनसेल र ललितपुर सिटी एफसीले सो बारे सम्झौता गरेका हुन् । ललितपुर सिटी एफसीले एनएसएलको आफ्नो पहिलो खेल शनिबार साँझ ६ बजे काठमाडौं रेजर्स एफसीसँग खेल्दैछ ।

उक्त साझेदारीले ललितपुर सिटी एफसीलाई थप उत्साह र हौषला प्रदान गरेको छ । “एनएसएलसँगको सहकार्य र ललितपुर सिटी एफसीसँगको सम्झौताले एनसेल देशमा खेलकुद तथा युवा प्रतिभाको विकासमा सधैं प्रतिवद्ध रहेको स्पष्ट पार्दछ । सबैमा उत्साह जगाउँदै सबैले मन पराउने फुटबल खेलमा आवद्ध हुन पाएकोमा खुसी छौं,” एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने ।

यस सिजनमा ललितपुर सिटी एफसी बाहेक काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र एफसी चितवन गरी नेपालका सात टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

एनसेल एनएसएल सिजन ३ ले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै यो खेलको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिईएको छ । शनिबारबाट सुरु भई वैशाख १३, २०८२ मा समापन हुने यस फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएल सिजन ३ मा एनसेल प्रमुख प्रायोजकका रुपमा पहिला नै आवद्ध भई सकेको छ ।

एक जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पुऱ्याउँदै आएको छ । कम्पनीले फुटबल, क्रिकेट, भलिबल, गल्फलगायतका खेलहरु र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रहेर एनसेल फाउन्डेसनमार्फ पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि पनि सहयोग गर्दै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit