Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दराज नेपालले ल्यायो ७०% सम्म छुट दिने आकर्षक ४.४ नव वर्ष उत्सव अफर

दराज नेपालले ल्यायो ७०% सम्म छुट दिने आकर्षक ४.४ नव वर्ष उत्सव अफर
विज्ञापन
Advertisement

काठमाडौं । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले अनलाइनबाट सामान खरिद गर्दा आकर्षक छुट दिने नव वर्ष उत्सव अफर सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

दराजले ७०% सम्म छुट सहितको फ्ल्याश सेल, १ करोड रुपैयाँ बराबरको भौचर तथा निःशुल्क डेलिभरी सुविधा दिने जनाएको छ । उक्त अफर आउने अप्रिल ४ (चैत २२ देखि ३१) ९ दिनसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । सेलले नेपाली ग्राहकहरूलाई विभिन्न सामग्री खरिद गर्दा नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

ग्राहकवर्गले उत्सव अवधि भर हरेक दिन फ्ल्याश सेलमार्फत विभिन्न क्याटेगरी तथा सेटाफिल, मसलब्लेज, एईवीबी, ह्रोटो, माइक्रोलाइफ, एक्स—एज, ब्ल्याकशार्क लगायत साझेदार ब्रान्डहरू मार्फत ७०प्रतिशत सम्मको छुटमा सामान किन्न पाउनेछन् ।

४.४ सेल अवधिभर डिजिटल पूर्वभुक्तानीमा दराजले उपभोक्ताहरुका लागि ७५० रुपैयाँ सम्मको छुट सुविधा दिएको छ । यसका लागि दराजले नबिल बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, तथा गरिमा विकास बैंक गरी नौ ओटा बैंकहरूसँग सहकार्य गरेको जनाएको छ ।

किनमेलका लागि यी बैंकहरूको क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले अधिकतम १५% (७५० रुपैयाँ सम्म) छुट प्राप्त गर्नेछन भने डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १०% (५०० रुपैयाँ ) छुट प्राप्त गर्नेछन् ।

यस्तै, दराजले ग्राहकहरूका लागि ४४, ४४४, र ४,४४४ रुपैयाँको आकर्षक डिलहरू समेत उपलब्ध गराउने भएको छ । साथै, ९९, ३९९, ९९९, र १,९९९ को छुट श्रेणीमा पनि विभिन्न उत्पादनहरू खरिद गर्न पाउने छन् । यो सुविधा ४.४ नव वर्ष उत्सवको अवधि भर रहने छ । कम्तीमा ५,००० रुपैयाँ बराबरको किनमेल गर्ने एक भाग्यशाली ग्राहकले २९,९९९ रुपैयाँ बराबरको वानप्लस नर्ड सीईएस लाइट जित्ने अवसर पाउनेछन् । त्यस्तै चारजना भाग्यशाली ग्राहकहरूले १०,३०० रुपैयाँ बराबरको यासुदा पर्सनल एयर कुलर जित्ने अवसर पाउने कम्पनीले जानकारी दिएको छ ।

यस्तै, ‘एड टु कार्ट एण्ड विन’ योजनाअन्तर्गत सेटाफिल, याजी, जीसीजी आइवेयर र उकुलेलेका ५,००० बराबरका गिफ्ट ह्याम्परहरू तीनजना भाग्यशाली ग्राहकहरूले प्राप्त गर्नेछन् । एकजना ग्राहकले १२,००० बराबरको ग्लेन एयर फ्रायर जित्ने अवसर पाउनेछन् ।

उक्त योजनामा सहभागी हुनका लागि ग्राहकहरूले चैत १७ देखि चैत २१ भित्र १० हवार रुपैयाँ बराबरका सामानहरू खरिद गर्नुपर्ने हुन्छ । त्यस्तै, १ लाख रुपैयाँ भन्दा बढीको किनमेल गर्ने ग्राहकहरूले १० हजार रुपैयाँ सम्मको विशेष छुट भौचर प्राप्त गर्न गर्ने कम्पनीले उल्लेख गरेको छ । यो अवसर अप्रिल ४ को मध्यरातदेखि लागू हुनेछ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit