Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

श्रीराम जन्मोत्सव मनाईँदै

श्रीराम जन्मोत्सव मनाईँदै
विज्ञापन
Advertisement

महोत्तरी । आराध्यदेव श्रीरामको जन्मोत्सव आज विशेष धार्मिक अनुष्ठानबीच मनाइँदै छ । श्रीरामको जन्मदिनका अवसरमा यहाँका मठमन्दिर र देवालयमा विशेष उत्सव आयोजना गरिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

चैत शुक्ल नवमी श्रीरामको जन्म दिन मानिन्छ । श्रीराम त्रेता युगकालीन विदेह अर्थात् मिथिला नरेश शिरध्वज जनकका ज्वाइँ हुँदा सम्पूर्ण मिथिलावासी आपूmलाई उहाँको ससुराली मान्दछन् । ‘श्रीराम हिन्दू परम्पराका आराध्यदेवका रूपमा पूजित त हुनुहुन्छ नै, उहाँसँग मिथिलाको विशिष्ट नाता छ’, मटिहानी–७ स्थित लक्ष्मीनारायण मठका महन्थ डा रवीन्द्रदास वैष्णव भन्नुहुन्छ, ‘यसकारण पनि मिथिलामा रामनवमी विशेष उत्सवका रूपमा मनाइन्छ ।’ पर्वका अवसरमा महोत्तरीका मटिहानीस्थित लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, जलेश्वरस्थित ब्रह्मचारीकुटी स्थान, बर्दिबास–१४ स्थित श्री रामजानकी कुटी र जिल्लाभरिकै विभिन्न ठाउँका रामजानकी मन्दिरमा धार्मिक अनुष्ठान आयोजना गरिएका छन् ।

पर्वका अवसरमा रामजानकी मन्दिरमा रामायण पाठ, एकाह (एकदिने श्रीमद् भागवत पाठ पारायण) र सुन्दरकाण्ड लीला आयोजित छन् । रामनवमी पर्वमा श्रीराम चरित्र वर्णन गरिँदै व्रत बसेर दशमी तिथि टेकेपछि साङ्गता गर्ने मैथिल चलन छ । चन्द्रमास गणनाको चैत शुक्ल नवमी मर्यादा पुरुषोत्तम श्रीरामको जन्म दिन मानिन्छ ।

हिन्दू परम्परामा भगवान् विष्णुका २४ अवतारमध्ये त्रेतायुगमा भएको रामअवतार विशेष वर्णित छ । मिथिलामा श्रीरामको आगमन, सीता स्वयम्वरमा सरिकता, सीतासँग विवाह र विवाहपश्चात मिथिलाका विभिन्न क्षेत्रमा श्रीरामको परिभ्रमणका किस्सा (कथा)ले रामनवमी पर्व यहाँ विशेष बन्दै आएको छ । श्रीराम भगवान् विष्णुका अवतार मानिएर मात्र नभई ज्वाइँ विशिष्ट अतिथि मानिने मैथिल परम्पराले पनि श्रीरामसम्बद्ध तिथि र उत्सव मिथिलामा सदियौँदेखि विशेष मानिदै आइएको सन्तहरूको भनाइ छ । श्री रामनवमी पर्वका अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

यसैगरी आज नै वासन्ती नवरात्रको अन्तिम दिन हुँदा देवी मन्दिरमा चण्डी पाठ र देवीपूजनका कार्यक्रम आयोजना गरिँदै छन् । हिन्दू परम्परामा असोज शुक्लपक्ष र चैत शुक्लपक्षका अघिल्ला नौ दिन देवी पूजनका विशेष अवसर मानिँदै आइएको छ । शरद ऋतुमा पर्ने हुँदा असोज शुक्लपक्षको नवरात्रलाई शारदीय र चैत शुक्लपक्षको लाई वासन्ती भनिन्छ । शारदीय नवरात्रमा दशमीदेखि असोज शुक्लपक्षभरि हिन्दू परम्परामा टीकाटालाको परम्परा भए पनि वासन्ती नवरात्रमा भने टीकाटालाको चलन छैन । चैती दशहारा पनि भनिने यो पर्व आज देवी पूजन गरेर विसर्जन गरिने परम्परा रही आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit