काठमाडौं । सार्वजनिक बसको नेपालको एक मात्र अनलाइन टिकेटिङ प्लेटफर्म ‘बससेवा’ले नयाँ वर्ष २०८२ को अवसरमा आकर्षक उपहार अफरसहितको योजना सार्वजनिक गरेको छ। चैत २४ देखि ६ वैशाख २०८२ सम्म लागू हुने यो अफरमा सहभागी भएर यात्रुहरूले नगद उपहार, निःशुल्क टिकट र क्यासब्याक पाउन सक्नेछन्।
अफर अन्तर्गत, एक जना भाग्यशाली विजेताले बम्पर उपहारस्वरूप ८२ हजार रुपैयाँ नगद जित्नेछन् भने ४ जना विजेताले जनही ८ हजार २०० रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, अफर अवधिभर टिकट काट्ने मध्ये ८२ जनाले निःशुल्क टिकट जित्ने अवसर पाउनेछन्।
यात्रुहरूलाई थप फाइदा दिलाउन, हरेक टिकट बुकिङमा ५०० रुपैयाँसम्मको क्यासब्याक पनि दिइनेछ। टिकट काट्दा प्राप्त हुने यो क्यासब्याक तुरुन्तै यात्रुको वालेटमा फिर्ता हुनेछ। नगद उपहार तथा निःशुल्क टिकट योजनाका लागि एउटै एकाउन्टबाट काटिएको एउटा टिकट मात्र मान्य हुनेछ। अफरमा सहभागी हुन बससेवाको मोबाइल एप वा वेबसाइट (www.bussewa.com) मार्फत टिकट बुक गर्नुपर्नेछ।
टिकट कसरी काट्ने ?
बससेवा मोबाइल एपमा लगइन गरेर वा वेबपोर्टलमार्फत गन्तव्य, यात्रा मिति र समय छनोट गरी विभिन्न गन्तव्यका बसहरूको सिट सजिलै बुक गर्न सकिन्छ। खाली सिट निलो रङमा देखिनेछ। आफूलाई उपयुक्त सिट छानेर अनलाइन भुक्तानी गरेपछि टिकट बुक हुनेछ। टिकट बुकिङको पुष्टि एसएमएसमार्फत प्राप्त हुनेछ, जुन देखाएर यात्रुहरूले सहज रूपमा यात्रा गर्न सक्नेछन्।

















प्रतिक्रिया दिनुहोस्