images
images
images

अर्थतन्त्रमा ठूलो दबाब छ, बिचौलियाको कारण अहिले समस्या आयो : महामन्त्री थापा

images
images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको सुत्ने कोठासम्मै हुने गरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले बिचौलियाकै कारण दबाबमा रहेको अर्थतन्त्रमा समस्या आएको धारणा राखे ।

तर, निजी क्षेत्र र बिचौलिया फरक विषय भएको उनको भनाइ छ । उनले बिचौलियाको पहुँच नेतृत्व तहको शयनकक्षसम्म हुने गरेकाले अहिले समस्या सिर्जना भइरहेको बताए ।
उनले भने, ‘हाम्रो इकोनोमीमा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो । म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिन । बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन ।

images
images

उनले देशको अर्थतन्त्र ठूलो दबाबमा रहेको भन्दै बजारमा लगानीको वातावरण बनाउन बजारले नेतृत्वप्रति गुमाएको विस्वास जगाउनुपर्नेमा जोड दिए ।

‘अहिले देशले भरोसा खोजेको छ, सबैभन्दा धेरै आर्थिक क्षेत्रले भरोसा खोजेको छ । हाम्रो अर्थतन्त्र धेरै ठूलो दबाबमा छ । यो बेला हाम्रो आर्थिक गतिविधि सबैतिर सुस्ताएको छ,’ उनले थप भने, ‘ नेपालको बैंकहरुमा यति धेरै पैसा कहिले पनि थिएन, तर लोन लिन कोही जाँदैनन्, यतिधेरै विदेशी मुद्राको सञ्चिति पनि कहिल्यै थिए । अहिले पनि हामीलाई सार्वजनिक ऋण लिनपर्यो भने ठूलो स्पेस बाँकी छ, थुप्रै सूचकांकहरु सकारात्मक छन् , तर सिङ्गो समाजले कन्फिडेन्स गुमाएको छ । त्यो भनेको बजारले विस्वास गर्न नसकेको हो ।’

यस्तै उनले पहिले राष्ट्र बैंकको गभर्नरबारे छलफल हुँदा कौतुहलता हुने गरे पनि अहिले बिचौलियाको मान्छे भनेर खुलारूपमा बहस र छलफल हुने अवस्था आएको भन्दै त्यसले राम्रो संकेत नगरेको उल्लेख गरे । उनले भने, ‘पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला कि त्यो बन्ला कि, गभर्नर यसले बनाउला कि त्यसले बनाउला कि भन्ने कुरा हुन्थ्यो । अब अहिले बिचौलियाको क्यान्डिडेट भनेर खुलमखुला बहस, छलफल हुने अवस्था बन्दा हामी कहाँनेर पुग्यौँ ?।

थापाले दुई ठूला राजनीतिक दल मिलेर बनेको सरकारले पनि जनताको अपेक्षा पूरा गर्न नसक्दा सिङ्गो समाजले आत्मविस्वास गुमाएको उल्लेख गरे । उनले भने, ‘दुई दल मिलेर सरकार बनिसकेपछि म आफैं पनि अर्थतन्त्र र गर्भर्नेन्समा व्यापक सुधार गर्न सकिन्छ , गर्छौ भनेर उत्साहका साथ शुरुको चरणमा जोतिएर लागेको हो । तर, देशमा यो यो ठाउँमा राम्रो भयो भनेर तीब्र गतिमा माहोल बनाउनुपर्ने ठाउँमा, सरकार ट्याक्टरको गतिमा छ । सरकारले जनअपेक्षाको गति पक्रनै सकेन ।’

images
images

प्रतिक्रिया दिनुहोस्