काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल विश्वव्यापी युवा नेता चयन भएकी छिन् ।
स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि डंगोललाई विश्वव्यापी युवा नेता चयन गरिएको हो । दक्षिण एशियाली राष्ट्रहरुबाट ११ जना प्रतिनिधि छानिएका छन् । त्यसमध्ये नेपालबाट डंगोल छानिएकी हुन् ।
युवा विश्वव्यापी नेता २०२५ को रूपमा मान्यता पाउँदा उत्साहित भएको धारणा राख्दै उपप्रमुख डंगोलले खुशी व्यक्त गरेकी छन् । उनले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छन्,‘
हामी रूपान्तरणकारी परिवर्तनलाई अगाडि बढाउन र हाम्रो संसारमा सकारात्मक प्रभाव पार्न समर्पित छौं।’
डंगोल, यसअघि विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौं हवको सदस्य समेत थिइन । विभिन्न ५० देशबाट प्रतिनिधित्व रहेको यस समूहमा ७ क्षेत्रमध्ये सरकारको प्रतिनिधित्व गर्दै उपप्रमुख डंगोल चयन भएकी छिन् । यस समूहमा ४० वर्षभन्दा कम उमेर भएका विश्वका ११६ जना युवाले नेतृत्व गरेका छन् ।

















प्रतिक्रिया दिनुहोस्