Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

शिखर इन्स्योरेन्सलाई ISO/IEC 27001:2022 प्रमाणपत्र प्राप्त

शिखर इन्स्योरेन्सलाई ISO/IEC 27001:2022 प्रमाणपत्र प्राप्त
विज्ञापन
Advertisement

काठमाडौं – शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सूचना सुरक्षा व्यवस्थापन प्रणाली (Information Security Management System – ISMS) को अन्तर्राष्ट्रिय स्तरको ISO/IEC 27001:2022 प्रमाणपत्र प्राप्त गरेकोमा गर्वका साथ जानकारी गराएको छ। यो महत्वपूर्ण उपलब्धिले कम्पनीको सूचना सुरक्षातर्फको प्रतिबद्धता र उच्चस्तरीय प्रणालीमार्फत संवेदनशील जानकारीको सुरक्षा तथा जोखिम व्यवस्थापनमा यसको अग्रणी भूमिका पुष्टि गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

ISO/IEC 27001:2022 प्रमाणपत्रले शिखर इन्स्योरेन्सको सूचना सुरक्षा नीतिहरू, प्रणालीहरू र कार्यपद्धतिहरूले विश्वव्यापी मापदण्डहरू पूरा गरेको र निरन्तर सुधार तथा सुदृढीकरणको प्रक्रियामा रहेको प्रमाणित गर्दछ।

सूचना प्रविधिको यो युगमा कम्पनीले IT प्रणालीको नवीनतम जोखिम व्यवस्थापन (Emerging Risks) तथा साइबर सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आएको छ। ग्राहकले प्रदान गर्ने प्रत्येक जानकारीको गोपनीयता र सुरक्षालाई कम्पनीले केन्द्रबिन्दुमा राखेको छ, जसले सेवा निरन्तरता तथा विश्वासको नयाँ स्तर कायम राख्न सघाएको छ।

शिखर इन्स्योरेन्सले सूचना सुरक्षासम्बन्धी सबै पक्षमा उत्कृष्टता सुनिश्चित गर्दै आइरहेको छ, र यो प्रमाणपत्रले कम्पनीबाट प्रदान गरिने सेवाको गुणस्तर र विश्वासलाई थप बलियो बनाउने विश्वास लिएको छ।

“ISO/IEC 27001:2022 को मान्यता हामी सबैका लागि प्रेरणाको स्रोत हो। यसले हाम्रो प्रणालीमाथि ग्राहकहरूको भरोसा थप बढाउनेछ,” कम्पनीका प्रवक्ताले बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit