Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

हरेक क्षेत्रमा सम्भावना छन् ढुक्क भएर लगानी गर्नुस्, सरकारले साथ दिन्छ : प्रधानमन्त्री ओली

हरेक क्षेत्रमा सम्भावना छन् ढुक्क भएर लगानी गर्नुस्, सरकारले साथ दिन्छ : प्रधानमन्त्री ओली
विज्ञापन
Advertisement

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि अत्यन्तै उपयुक्त वातावरण रहेको भन्दै ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन ।

विज्ञापन
Advertisement
Advertisement

कोशी प्रदेश सरकारद्वारा आयोजित ‘कोशी लगानी सम्मेलन, २०८२’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जुनसुकै क्षेत्रमा नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण रहेको बताए । आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई आग्रह गरेका प्रधानमन्त्री ओलीले सरकारले लगानीकर्ताका लागि कुनै
समस्या उत्पन्न नगर्ने उल्लेख गर्दै ढुक्क सँग लगानी गर्न आग्रह गरे ।

“पूर्वाधार निर्माण भइसकेको समय भएकाले ढुक्कले लगानी गर्न सक्नुहुन्छ । लगानीका लागि सरकारका तर्फबाट कुनै समस्या पर्न दिइन्न । कोशी प्रदेश पूर्वाधार विकास र सडक सञ्जालसँग जोडिएको छ । लगानी गरेर उत्पादन बजारमा लाने समयसम्म एसियालीस्तरको छ लेनको पूर्व पश्चिम राजमार्ग हामी बनाइसक्छौँ । हामी कच्चा पदार्थ पनि ल्याउन सक्छौँ । त्यसकारण हरेक क्षेत्रमा नयाँ नयाँ सम्भावनाहरुलाई हामीले पहिल्याउन सक्छौँ ।’’

प्रधानमन्त्री ओलीले कोशी प्रदेशमा आवश्यक कतिपय सडक पूर्वाधार निर्माण भैसकेको र कतिपय निर्माणको अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उत्पादनमूलक लगायत पर्यटन क्षेत्रमा लगानीकर्ताका लागि प्रचुर सम्भावना रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, “देशमा सामान ल्याउन र लान कुनै हिसाबले रोकिँदैन । आफ्नो उत्पादनको बजार कोशी प्रदेशका विभिन्न कोरिडोर र नाकामा लान सक्ने गरी बाटो बनिसकेको छ । विराटनगरसहित विभिन्न विमानस्थल विस्तार गरिनेछ । सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रका साथै सगरमाथासहित विभिन्न हिमाल र जडिबुटीहरुको थलो कोशीका जनता शिक्षित र मेहनती छन् । त्यस कारण पनि यहाँ लगानीको प्रचुर सम्भावना रहेको छ ।’’

यस्तै, उनले उद्यमशीलता दशक मनाउन सकिए रोजगारी दशक सफल हुने बताए । “म युवाहरुलाई भन्न चाहान्छुु, जागिरको खोजीमा नभौँतारिनुस्, उद्यमशीलतामा लाग्नुस् । त्यसका लागि सोच, तालिम र सहयोगमा सरकारले साथ दिन्छ,’ प्राधानमन्त्री ओलीले भने ।

उनले विश्वको सर्वोच्च शिखर सगरमाथालाई ‘सगरमाथा’ कै नामबाट विश्वमा ब्राण्डिङ गर्न आग्रह गर्दै ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्ने बताए । प्रधानमन्त्री ओलले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मान्यताअनुसार श्रमको सम्मान दिन तथा रोजगारादाता र श्रमिकबीच संवादका साथै टे«ड युनियन अधिकारको रक्षाका लागि सरकार स्पष्ट रहेकोले उल्लेख गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit