Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सानिमा रिलायन्सद्वारा बाजुराका विद्यार्थीलाई झोला वितरण

सानिमा रिलायन्सद्वारा बाजुराका विद्यार्थीलाई झोला वितरण
विज्ञापन
Advertisement

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले बाजुरा जिल्लाको बजेडी आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरूका लागि शैक्षिक सामग्री वितरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  इन्स्योरेन्सले क्षेत्रीय प्रबन्धक गणेश उप्रेतीको उपस्थितिमा १४७ जना विद्यार्थीका लागि शैक्षिक सामग्री राख्ने झोला हस्तान्तरण गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कक्षा आठ सम्म पढाइ हुने उक्त विद्यालयमा कूल १४७ विद्यार्थीहरू अध्ययनरत छन् । इन्स्योरेन्सले विकासमा पछि परेका जिल्लाका विद्यार्थी लक्षित गरी शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको जनाएको छ ।

इन्स्योरेन्सले आगामी दिनहरूमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ । भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना इन्स्योरेन्सको रहेको उल्लेख छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit