काठमाडौं । देशको केन्द्रीय राजधानी काठमाडौंलाई बागमती प्रदेशको राजधानी हेटौंडासँग जोड्ने सडकमध्ये टीकाभैरवदेखि भिमफेदी (बागमती पुलसम्म)को सडकमा विभिन्न स्थानमा पहिरो खसेको छ । पछिल्लो समय बीपी राजमार्गमा समस्या आएकाले हेटौंडा हुँदै पूर्व जाने सवारीसाधनले समेत यही सडक प्रयोग गर्ने गरेका छन् । बाढीको जोखिमका कारण अहिले बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ५स्३० सम्म सवारीसाधन चलाउन रोक लगाइएको छ ।
टीकाभैरव–हेटौंडा सडक पनि जोखिम रहित भने छैन। टीकाभैरवदेखि भिमफेदी (बागमती पुलसम्म ) वर्षाले ठाउँठाउँमा पहिरो झरेको छ । पानी परेपछि बाटो हिलो भएर सवारी साधन फस्ने समस्या उत्तिकै छ । पानी परेको बेला हुस्सु लागेर भिजिबिलिटी निकै कम हुँदा दुर्घटनाको जोखिम बढाएको चालकहरुको भनाइ छ । देशको केन्द्रीय राजधानी काठमाडौंलाई बागमती प्रदेशको राजधानी हेटौंडासँग जोड्ने सडकमध्ये टीकाभैरव–हेटौंडा सडक (कान्ति लोकपथ) अहिले सबैभन्दा धेरै चल्तीको सडक हो । यो लोकपथको विभिन्न स्थानमा सडक भासिने, पहिरो खस्ने लगायतका समस्याले सवारी आवागमन प्रभावित हुँदै आएको छ । यसैगरी भिमफेदी (बागमती खोला) देखि मकवानपुर गढीसम्म ठाउँठाउँमा सुख्खा पहिरो गएको छ । सो सडकमा बाटो निर्माणको काम पनि भइरहेको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया दिनुहोस्