images
images

एसिसी पुरुष यु–१६ क्रिकेट प्रतियोगितामा जापानविरुद्ध नेपालको सानदार जित

images
images
images

काठमाडौं । एसीसी पुरुष यु–१६ इस्ट जोन क्रिकेट प्रतोयोगिताको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ ।

मलेसियास्थित कोजल टुन्कु जाफर ओभलमा जापानले जितका लागि प्रस्तुत गरेको ८१ रनको लक्ष्य पछ्याएको नेपालले एक विकेटको क्षतिमा १४ दशमलव १ ओभरमै लक्ष्य भेट्टायो ।

images
images

नेपालका लागि शिवान्स बजगाईंले ३८ रन र ओपनर प्रसिद्ध जैसीले अविजित ३३ रनको वियजी पारी खेले । यस्तै, अर्का ६ बल खेलेका पोपनर जोय थापा १ रन बनाएर आउट भए । थापा कोबायाशी डोगेटको बलमा आउट भए ।

यसअघि टस हारेर पहिले बलिङ गरेको नेपालले बाँयाहाते स्पिनर शुभम खनालको सानदार बलिङमा जापानलाई ८० रनमै समेटेको थियो । टस जितेर पहिले ब्याटिङ रोजेको जापानले ३४ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर मात्र  ८० रन बनायो । जापानका लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । त्यस्तै गबी हाराहिन्जले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालक लागि शुभम खनालले सर्वाधिक पाँच विकेट लिएपछि जपानलाई नेपालले ८० रनमा अलआउट गरेको हो । १० ओभर बलिङ गरेका शुभमले ३ मेडन राख्दै १५ रन खर्च गरेर ५ विकेट लिए। यस्तै अभय यादवले दुई तथा सुशील रावल र विपिनप्रसाद शर्माले समान एक–एक विकेट लिए । यसअघि नेपालले पहिलो खेलमा सिङ्गापुरलाई छ विकेटले हराएको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्