
काठमाडौं । काठमाडौं महानगरका भित्रि सडक निर्माण कार्य वर्षौंदेखि सुरु गरिए पनि त्यसले गति नलिँदा आम नागरिकले सास्ती खेप्दै आएका छन् ।
देशमा बनाउन लागिएका जुनसुकै गौरवको आयोजना होस् या स्थानीय सरकारको सानातिना आयोजना ती निर्माण सम्झौता अनुसार समयमै सम्पन्न नहुनु नेपालको पुरानो रोग हो । हाल काठमाडौं महानगरपालिका वडा १६ र २६ का स्थानीयहरू दैनिक सास्ती खेप्न बाध्य भएका छन् ।
कामपा वडा नं १६ निर्मल लामा मार्गको अमृत स्कुल अगाडिको सडक वर्षौं बित्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । स्थानीयले वडा कार्यालयमा सडकको अवस्थाबारे दबाब दिए पछि बल्ल वडाले ग्रबेलिङको काम सुरु गरेको छ ।
यसैगरी, वडा नं २६ मा पर्ने सडक निर्माणको जिम्मा लिएको म्हेपी सडकको अवस्था पनि अहिले हिलाम्मे भएको छ । माघ महिनादेखि सो सडकमा ढल व्यवस्थापनको काम सुरु गरी जेठमा सम्पनन गरिएको थियो । तर, बाँकी काम भने अगाडि बढ्न सकेको छैन ।
दैनिक रुपमा उक्त सडक प्रयोग गरी स्कूल जाने साना विद्यार्थी, दुई पाङ्ग्रे सवारी साधन, अन्य पैदल यात्रु र स्थानीयहरूले हिलाम्मे सडकका कारण सास्ती खेप्दै आएका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया दिनुहोस्