
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले राष्ट्रिय धान दिवसको अवसरमा आइतबार रोपाइँ गरेका छन् । ‘धान बालीमा सघनता खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, राष्ट्रिय किसान आयोग र राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क)द्वारा आज राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजित २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा मन्त्री अधिकारीले धान रापाइँ गरेका हुन् । रोपाइँ महोत्सवमा स्थानीयसँगै विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया दिनुहोस्