images
images

विपिनले ६ विकेट लिएपछि इण्डोनेसिया ५० रनमै अलआउट, अपराजित नेपाल सेमिफाइनलमा

images
images
images

काठमाडौं । नेपालले इण्डोनेसियामाथि ३ सय ७० रनको विशाल जित निकालेको छ । इण्डोनेसियालाई सस्तैमा रोकेको नेपाल एसिसी मेन्स यु–१६ इस्ट जोन कप २०२५ मा सेमिफाइनल प्रवेश गरेको हो ।

डिफेन्डिङ च्याम्पियन नेपाललाई एक खेल अगावै सेमिफाइनलमा पुर्याउन कप्तान विपिनप्रसाद शर्माले सर्वाधिक ६ विकेट लिए । आइतबार टस हारेर पहिला आक्रामक ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४ सय २० रनको कीर्तिमानी योगफल बनाएको थियो । ४ सय २१ रनको विशाल लक्ष्य पछ्याएको इण्डोनेसिया २४.३ ओभरमा ५० रनमा अलआउट भयो । आइतबार सम्पन्न खेलमा नेपालले इण्डोनेसियामाथि ३ सय ७० रनको विशाल जित निकालेको हो ।

images
images

 

इण्डोनेसियाका लागि कविन निरज चन्दाले १५ तथा दिभित नन्दा १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । इण्डोनेसियालाई सस्तैमा रोक्न नेपालका लागि युवा कप्तान विपिनले ७.३ ओभरमा १२ रन खर्चिएर सर्वाधिक ६ विकेट लिए । यस्तै, शुभम खनाल र सुगम बुढाथोकीले समान १/१ विकेट आफ्नो नाम गराए।

 

त्यसअघि मलेसियामा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ४ सय २० रनको विशाल योगफल बनाएको थियो । उक्त विशाल योगफलका लागि नेपाली युवा खेलाडी ओपनर प्रसिद्ध जैसीले इन्डोनेसियाविरुद्ध शतक प्रहार गरे । प्रशिद्धले ६९ बलमा शतक पूरा गरेका हुन् । ११४ बलको सामना गरेका जैसीले १५ चौका र १ छक्काको मद्दतमा १३२ रनको आकर्षक पारी खेले । पहिलो विकेटका लागि ओपनर प्रसिद्ध र परिमार्जन यादवले १ सय ३२ रनको साझेदारी गरेका थिए ।

 

 

अर्का ओपनर परिमार्जनले २८ बलमा ४ चौका र ८ छक्का प्रहार गर्दै ७१ रनको अर्धशतकीय इनिङ खेले। यस्तै, ६ बल खेलेका शिवान्स बजगाईंले ४ रन आउट हुँदा रौनक श्रीवास्तवले ७१ बलमा ८ चौका र २ छक्काको सहयोगमा ८८ रनको अर्धशतकीय इनिङ खेले । यस्तै ४१ बल खेलेका जोय थापाले ७ चौका प्रहार गर्दै ५७ रनको अर्धशतकीय पारी खेले । छैठौं विकेटका लागि सगम र रोशन शाहीबीच बलमा ३३ रनको अविजित साझेदारी भयो । सुगम बुढाथोकीले ३४ बलमा ३९ र शाहीले अविजित १० रन जोडे ।

इण्डोनेसियाका लागि किटुट धर्मपुत्रले २ , कविन निरज चन्दा, महेन्द्र अजी र राहान रिजाले समान १ /१ विकेट लिए ।

तेस्रो खेलमा नेपाल अपराजित रहँदै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ भने पराजित इण्डोनेसिया भने एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले पहिलो खेलमा सिंगापुर र दोस्रो खेलमा जापानलाई हराएको थियो।

अब नेपालले चौथो तथा समूह चरणको अन्तिम खेल मंगलबार भुटानसँग खेल्नेछ । प्रतियोगिताको फाइनल ५ जुलाईमा हुनेछ ।

images
images

प्रतिक्रिया दिनुहोस्