
काठमाडौं । ललितपुरको बुङ्मती र खोकनाका स्थानीय यतिबेला धान रोपाइँमा व्यस्त छन्। समयमै पर्याप्त वर्षा भएकाले यसपालि स्थानीयले सहज रुपमा रोपाइँ गर्न पाएका हुन् । असार १५ लाई देशभर राष्ट्रिय धान दिवसको रुपमा पनि मनाइन्छ । किसानहरूका लागि यो दिन वर्षभरिकै मुख्य दिन मानिन्छ । तीव्र शहरीकरणले उपत्यकाका फाँटहरु कंक्रीटमा परिणत हुँदै जाँदा खोकनामा भने धान रोपाइँको रौनक छाएको छ ।
सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया दिनुहोस्