images
images

‘नेतन्याहूले अब राजनीतिक नेतृत्वबाट बिदा लिनुपर्छ’ : पूर्वप्रधानमन्त्री बेनेट

images
images
images

काठमाडौं । पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पद छोड्नैपर्ने बताएका छन् ।

बेनेटले इजरायलको च्यानल १२ लाई दिएको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री बेनेटले २० वर्षदेखि सत्तामा रहेका नेतन्याहूुले छबि स्वच्छ नभएको उल्लेख गर्दै उनले राजनीतिक नेतृत्वमा रहन नहुने बताएका हुन् । बेनेटले भने, “नेतन्याहु २० वर्षदेखि सत्तामा रहनुभएको छ त्यो यो निकै धेरै समय हो र उहाँको बसाई स्वच्छ छैन।”

images
images

दुई दशक लामो नेतन्याहूको नेतृत्व अब इजरायलको लागि अन्य हुनैपर्ने धारणा बेनेटको छ । उनले भने, “नेतन्याहूको नेतृत्व इजरायलका लागि अब अन्त्य हुनैपर्छ ।”

सन् २०२१ मा नेतन्याहूका आलोचकहरुसँग मिलेर गठबन्धन बनाएर लगातार १२ वर्ष प्रधानमन्त्री बनेका नेतन्याहूलाई पदबाट हटाइएको थियो । तर बेनेटले वर्तमान विपक्षी प्रमुख याइर लापिडसँग मिलेर नेतृत्व गरेको कमजोर गठबन्धन सरकार करिब एक वर्षपछि ढलेको थियो ।

त्यसपछि भएको मध्यावधि चुनावपछि नेतन्याहूले अति दक्षिणपन्थी र परम्परावादी यहूदी दलहरूको समर्थनमा फेरि प्रधानमन्त्री बनेका थिए । पछिल्लो समय इरान इजरायलबीचको लडाइँपछि इजरायली प्रधानमन्त्री नेतन्याहूको देशभित्रै तीव्र आलोचना बढेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्