images
images

शैक्षिक अवलोकनका लागि लर्ड बुद्धका विद्यार्थीले गरे मलेसिया भ्रमण

images
images
images

काठमाडौं । लर्ड बुद्ध एजुकेशन फाउन्डेशन एलबीइएफले ३५ जना विद्यार्थीलाई मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन (एपीयु)मा शैक्षिक तथा सांस्कृतिक भ्रमण गराएको छ । २३ जुन देखि २७ जुनसम्म पाँच दिने भ्रमणका क्रममा विद्यार्थीहरूले अन्तर्राष्ट्रिय शैक्षिक वातावरणको अनुभव गर्नुको साथै प्रविधि र नवप्रवर्तनमा आधारित विभिन्न शैक्षिक तालिमहरूमा सहभागिता जनाएका थिए ।

images
images

भ्रमणले नेपाल–मलेसिया बिचको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन सहयोग पुर्‍याएको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष ई पंकज जालानले बताए । भ्रमणका क्रममा प्रशिक्षण सत्र, सांस्कृतिक आदानप्रदान कार्यक्रम, आइस ब्रेकिङ गतिविधि र युनिभर्सिटी अवलोकन जस्ता कार्यक्रमले विद्यार्थीहरूलाई अन्तरक्रियात्मक सिकाइको अनुभव दिलाएको उनको भनाइ छ ।

उनका अनुसार नेपाली विद्यार्थीहरूले आफ्ना संस्कृति प्रस्तुत गर्दा मलेसियाका विद्यार्थीहरूले पनि आफ्नो परम्परागत प्रस्तुति देखाएका थिए । शैक्षिक कार्यक्रम बाहेक विद्यार्थीहरूले पेट्रोनास ट्विन टावर, बटु केभ्स, केएल टावर, इन्डिपेन्डेन्स स्क्वायर, जेन्टिङ हाईल्याण्ड्स, राजदरबार र पुत्रजया सहित मलेसियाका प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण गरेका थिए।

विद्यार्थीहरूमा विश्वव्यापी सोच विकास गर्ने, अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गर्ने तथा विविध संस्कृतिको सम्मान गर्ने भावना जगाउने उद्देश्यले भ्रमण गराएको अध्यक्ष जालानको भनाइ छ । भविष्यमा पनि यस्ता अन्तर्राष्ट्रिय भ्रमण तथा सहकार्यलाई निरन्तरता दिने उनले बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्