images
images

भोजपुरको चिरखुवा खोलामा साढे पाँच करोड लागतमा पक्की पुल निर्माण

images
images
images

भोजपुर । चिरखुवा खोलामा २० दशमलव ६० मिटर लामो पक्की पुल निर्माण भएको छ । पूर्वाधार विकास कार्यालयमार्फत निर्मित पुलबाट षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् ।

पुल पाँच करोड ६२ लाख रुपैयाँ लागतमा निर्माण सम्पन गरिएको हो । उक्त रकम कोशी प्रदेश सरकारले दिएको हो ।

images
images

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार षडानन्द नगरपालिका १ र ५ लाई जोड्ने चिरखुवा खोलामा पुल बनेपछि यी वडाका बासिन्दा ११ किलोमिटर घुमेर दिङ्ला पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । पुलमा हल्का सवारी साधन पनि सञ्चालन भएका छन् । जिल्ला सदरमुकाम पुग्न पनि अब सहज भएको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्