images
images

दीर्घरोगी बिरामीको उपचार प्रकृयामा सहयोग पुर्याउन एक अर्बको कोष स्थापना

images
images
images

काठमाडौं । बागलुङको जैमिनी नगरपालिकाले एक अर्ब रुपैयाँको नागरिक स्वास्थ्य उपचार कोष सञ्चालन गर्ने भएको छ । सोही लक्ष्यका साथ नगरपालिकाले ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गरेको छ । कोषमा ५० लाख रुपैयाँ समेत दाखिला भैसकेको छ ।

कोषमा दाखिला भएको रकमको ब्याजबाट नगरपालिका क्षेत्रका बिरामीको उपचारमा खर्च गरिनेछ ।

images
images

“दीर्घरोगी र ठूलो धनराशि खर्च हुने रोगमा नगरपालिकाले नागरिकलाई उपचारमा सहयोग पु¥याउने लक्ष्य छ । कोषमा एक अर्ब रुपैयाँ जम्मा भएमा नगरभित्रका नागरिकलाई निःशुल्क उपचारमा सहयोग पु¥याउन सकिन्छ । कोषमा पालिकाले हरेक वर्ष नीति तथा कार्यक्रममार्फत रकम थप्दै जाने नीति लिएको छ”, नगर प्रमुख नरबहादुर पुनले भने।

क्यान्सर, मुटु, मृगौलालगायत जटिल रोगको उपचारमा धेरै खर्च लाग्ने भएकाले कोषमा रु एक अर्ब पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए ।

images
images

प्रतिक्रिया दिनुहोस्