images
images

प्रदेशहरुको अस्तब्यस्त बजेटमा अनियमितताको खतरा देखियो, छानबिन होस् : आङगेलु शेर्पा

images
images
images

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले प्रदेशहरुले ल्याएको बजेटप्रति आपत्ति जनाएका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्दै शेर्पाले प्रदेशहरुको बजेटले पार्टी नेता कार्यकर्ताको मनोबल घटाएको बताए।

images
images

शेर्पाले जनातालाई केन्द्रबिन्दुमा राखेर बजेट ल्याउन प्रदेशहरु असफल भएको भन्दै यसले संघीयतामाथि प्रश्न उठाउनेहरुको मनोबल अझ बढाउने दाबी गरे ।

शेर्पाले प्रदेशहरुले ल्याएको बजेट अस्तब्यस्त भएको भन्दै बजेट जस्ताको तस्तै कार्यान्वनमा आए अर्थिक अपचलन र अनियमितताको खतरा बढ्ने औंल्याए । उनले प्रदेशहरुको बजेटमाथि छनबिन गर्न पार्टीले उच्चस्तरीय छनबिन समिती बनाउन माग समेत गरेका छन् ।

संसदभित्र भईरहेका गतिविधिमाथी समेत शेर्पाले छलफलमा प्रश्न उठाए । सांसदहरुले जथाभाबी बोल्दा संसद नै विकृतीको थलो बन्न थालेको उनको ठम्याइँ थियो । संसदभित्रका गतिविधिले सामाजिक मर्यादा उलंघन गरिरहेको शेर्पाको भनाई थियो ।

यस्तै उनले पार्टी भातृ संस्थाहरुको गठन र बिघटनमा अल्झिन नहुने बताए । भातृ संस्थाहरु स्वतन्त्र ढंगले चल्न दिनुपर्ने भनाई राख्दै शेर्पाले भातृ संस्थाहरुलाई वर्गीय हितमा केन्द्रित गराउनुपर्नेमा जोड दिए ।

उनले नेपालमा पर्यटनको थप विकास गर्न माउन्ट कैलाशको दर्शन गर्न जानेहरुका लागि मुस्ताङको कोरला नाका खोल्न समेत पार्टी र सरकारलाई चीनसँग पहल थाल्न सुझाब दिए । त्यस्तै उनले पर्यटन र हिमाल आरोहणमा सम्लग्न मजदुरहरुको हितका लागि हिमाल आरोहणबाट प्राप्त राजस्वको निश्चित प्रतिशत छुट्याउन पार्टीले पहल गर्नुपर्ने माग गरे ।

images
images

प्रतिक्रिया दिनुहोस्