काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशलाई नयाँ चरणतर्फ लैजाने क्रममा अन्तरिम सरकार गठनको आवश्यकतामा जोड दिएका छन्। उनले हालको राजनीतिक परिस्थितिलाई “इतिहासमै नभएको फरक अवस्था” भन्दै जनतालाई धैर्य र संयम अपनाउन आग्रह गरेका छन्।
विज्ञापन
शाहले आफ्ना विचार सार्वजनिक गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम/चुनावी सरकार बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेको स्पष्ट पारेका छन्। “तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु,” उनले भने।
उनका अनुसार यस्तो अन्तरिम सरकारको मुख्य काम नयाँ चुनाव सम्पन्न गर्नु र देशलाई नयाँ जनादेशमा लैजानु हो। उनले तत्कालीन नेतृत्वमा आउन चाहनेहरूप्रति सन्देश दिँदै भने, “तपाईँहरूको जोश, सोच र इमानदारिता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै, कृपया हतार नगर्नु होला।”
राष्ट्रपति समक्ष शाहले Gen Z पुस्ताले ल्याएको “ऐतिहासिक क्रान्ति”लाई संरक्षण गर्न संसद विघटन गरी अन्तरिम सरकार गठन गर्न पनि आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्