images
images
images
images

इटहरीमा डोंगफेङको अत्याधुनिक शोरूम विस्तारसँगै टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सञ्चालन

images
images
images

काठमाडौं । डोंगफेङ ब्रान्डका अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स प्रालिले इटहरीमा नयाँ अत्याधुनिक शोरूमको उद्घाटन गरेको छ ।

श्रीजना मोटर्ससँग सहकार्य गर्दै शोरुम सञ्चालनमा ल्याइएको हो । यस कदमले नेपालभर सञ्जाल विस्तार गर्ने कम्पनीको प्रतिबद्धतालाई बलियो बनाउँदै ग्राहकहरूको आवश्यकतालाई पूरा गर्ने उद्देश्यमा पनि योगदान पुर्याएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार इटहरीको केन्द्रमा अवस्थित नयाँ शोरूमले आगन्तुकहरूलाई डोंगफेङ र सेरेसका नवीनतम ईभी मोडेलहरूको प्रत्यक्ष अनुभव प्रदान गर्नेछ। शोरुम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्त, श्रीजना मोटर्सका प्रबन्ध निर्देशक दिपेन्द्र चौधरीसहित सञ्चारकर्मी, ग्राहक, व्यवसायी र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।

इटहरीमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प

शोरूम उद्घाटनको अवसरमा एमएडब्लू वृद्धि मोटर्सले कार्तिक २४ देखि २६ गतेसम्म इटहरी, राजस्व ढाँटस्थित श्रीजना मोटर्समा तीन दिने टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको छ । यस अवधिमा ग्राहकहरूले नामी ०१, नामी भिगो तथा सेरेस ईभी खरिद वा एक्सचेन्ज गर्न सक्नेछन् । नामी ०१ विशेष उत्सव मूल्यमा, नामी भिगो नाडा मूल्यमा र सेरेस३ मा अधिकतम ६ लाख रुपैयाँसम्मको फाइदा उपलब्ध हुने कम्पनीले जनाएको छ । ग्राहकहरूले उत्कृष्ट मूल्याङ्कन र एक्सचेन्ज बोनसका साथै प्रत्येक टेस्ट ड्राइभमा उपहार पनि प्राप्त गर्नेछन् ।

images
images

प्रतिक्रिया दिनुहोस्