काठमाडौं । लामिनार भिट्रिफाईड टायल्सले नेपालकै पहिलो घर सजावट–केन्द्रित प्रतिस्पर्धा “लामिनार – मेरो सपनाको घर” अभियान सार्वजनिक गरेको छ। मिस नेपाल २०१६ तथा इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठको सिर्जनात्मक नेतृत्वमा सुरु गरिएको यो अभियानले दुई भाग्यशाली नेपाली परिवारलाई आफ्नो घरका एक कोठा र एक बाथरूमको पूर्ण मेक–ओभर निःशुल्क पाउने अवसर प्रदान गर्नेछ।
कसरी सहभागी हुने?
यस अभियानमा सहभागी हुन इच्छुकले ३० सेकेन्डदेखि ३ मिनेटसम्मको छोटो भिडियो तयार गर्नुपर्छ, जसमा आफ्नो कोठा र आवश्यक परे बाथरूम किन मेक–ओभर आवश्यक छ भन्ने कुरा प्रस्तुत गर्नुपर्छ। उक्त भिडियो टिकटक, इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक रूपमा पोस्ट गरी @laminartiles लाई ट्याग गर्नुका साथै #LaminarMeroSapanakoGhar ह्यासट्याग प्रयोग गर्नुपर्नेछ।
सहभागीहरूले पठाएका भिडियोहरूलाई लामिनार, यसको क्रिएटिभ एजेन्सी तथा परियोजनाकी इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठसमेतको उपस्थितिमा बनेको आन्तरिक समितिले मूल्यांकन गर्नेछ। विजेताको छनोट कथा प्रस्तुति, आवश्यकताको औचित्य, रचनात्मकता र सामाजिक संलग्नताका आधारमा हुनेछ।
विजेताले के पाउनेछन्?
छनौट भएका दुई विजेताले प्रिमियम सामग्री, पूर्ण इन्टेरियर डिजाइन, टर्नकी कार्यान्वयन तथा Before–During–After फोटो/भिडियो डकुमेन्टेशनसहितको घर मेक–ओभर प्याकेज प्राप्त गर्नेछन्।
मेक–ओभर Metalwood Furniture, Kohler Sanitaryware, Brilliant Lighting तथा Emporios Furnishings जस्ता प्रतिष्ठित ब्रान्डहरूको सहकार्यमा सम्पन्न गरिनेछ।भिडियो पोस्ट गर्ने अन्तिम मिति: २०२६ जनवरी २ सम्म पठाउन सकिने छ भने विजेता घोषणा मिति: २०२६ जनवरी ७ गरिने कम्पनीले जनाएकाे छ ।




कर्पोरेट समाचार 






















प्रतिक्रिया दिनुहोस्