काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघमा एकराज उप्रेतीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । संघको सम्पन्न ५औँ अधिवेशनबाट नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्ण शर्मा महिला उपाध्यक्षमा मीना कुमारी ढकाल र सिचवमा चिरन्जिवी केसी निर्वाचित भएका छन् ।
यस अघि १५ सदस्य सञ्चालक समितिका लागि ७ प्रदेशबाट समान एक–एक जना निर्वाचित हुने व्यवस्था अनुसार बागमतीबाट एकराज उप्रेती, गण्डकीबाट कृष्ण बावु श्रेष्ठ, लुम्बिनीबाट पूर्ण शर्मा र सुदूरपश्चिमबाट धर्म कुँवर निर्विरोध निर्वाचित भएका थिए ।
यसैगरी प्रदेशको प्रतिनिधित्व अन्तर्गत कोशी, मधेस र कर्णालीमा निर्वाचन भएको थियो। कोशीबाट इन्दिरा निरौला ४५ मत सहित विजयी हुँदा उनको प्रतिद्धन्दी खगेन्द्रराज भण्डारीले ४१ मत प्राप्त गरे । यसैगरी मधेस प्रदेशमा मिश्रलाल सहनी ५६ मत सहित विजयी भए ।
यसैगरी कर्णाली प्रदेशमा धर्मराज थापा निर्वाचित भएका हुन् । खुल्ला सञ्चालकमा चिरञ्जीवी के.सी, सुखदेव न्यौपाने, हरी बहादुर बस्नेत, हरी बहादुर अधिकारी विजयी भए। यसैगरी, महिला सञ्चालकमा गीता केसी, मीना कुमारी ढकाल, देवकी कुमारी भण्डारी र गोमा देवी आचार्य निर्वाचित भएका छन् । ४ वर्षे कार्याकालका लागि निर्वाचित १५ जना सञ्चालकले प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता पोषणराज लामिछानेले पद तथा गोपनियताको शपथग्रहण गरिसकेका छन् ।
केन्द्रीय संघको सञ्जालमा अहिले १ हजार १ सय ५१ सदस्य संस्था रहेका छन् । संघले ७७ जिल्लामा आफ्नो कार्य क्षेत्र विस्तार गरी ९ लाख घरपरिवारका सदस्य किसानहरुलाइ सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्