Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल लाइफको ‘एमडीआरटी अचिभर्स अवार्ड–२०२६’ भव्य रूपमा सम्पन्न

नेपाल लाइफको ‘एमडीआरटी अचिभर्स अवार्ड–२०२६’ भव्य रूपमा सम्पन्न
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘एमडीआरटी अचिभर्स अवार्ड–२०२६’ समारोह भव्य रूपमा सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

मिति २०८२ साल माघ १३ देखि १५ गतेसम्म पोखरा ग्रान्डमा आयोजित समारोहमा सन् २०२५ जनवरीदेखि डिसेम्बर अवधिसम्म ‘एमडीआरटी २०२६’ का लागि योग्य भएका ११० जना अभिकर्तालाई सम्मान गरिएको थियो।

कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्वलन गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रवीण रमण पराजुलीले गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले एमडीआरटीजस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी सफल भएका अभिकर्ताहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले एमडीआरटी क्वालिफाइड अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरमा एक्सपोजर लिन आग्रह गर्दै बीमा क्षेत्रमा रहेका असल अन्तर्राष्ट्रिय अभ्यासहरूबाट सिक्ने अवसर यस्ता कार्यक्रमले प्रदान गर्ने बताए ।

विश्वव्यापी आर्थिक मन्दीको प्रभाव नेपालमा पनि परेको कठिन परिस्थितिमा समेत लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरूको उनले मुक्तकण्ठले प्रशंसा गरे। आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढ्दै गए पनि बीमा अभिकर्ताको पेशा कहिल्यै विस्थापित नहुने उल्लेख गर्दै यस पेशाको गरिमा कायम राख्दै जीवन बीमाको सचेतना आम नागरिकसम्म पुर्‍याउन आग्रह गरे ।
स्वागत मन्तव्य व्यक्त गर्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यस्तो भव्य कार्यक्रम आयोजना गर्न पाउँदा खुशी व्यक्त गरे ।

नेपाल लाइफले बीमा बजारको करिब एक तिहाइ हिस्सा ओगटेको उल्लेख गर्दै आगामी दिनमा आम नागरिकबीच बीमाको पहुँच अझ विस्तार गर्दै कम्पनीको उपस्थितिलाई थप सुदृढ बनाइने बताए ।

कम्पनीको मेरुदण्ड नै अभिकर्ता भएको उल्लेख गर्दै उनीहरुले अथक मेहनतकै कारण नेपाल लाइफ आजको स्थानमा आइपुगेको र भविष्यमा अझ सबल भएर अघि बढ्नेमा आफू विश्वस्त रहेको धारणा राखे।

कार्यक्रममा कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित सबै अभिकर्तालाई बधाई दिँदै आगामी वर्ष अझ बढी संख्यामा एमडीआरटी अभिकर्तालाई सम्मान गर्ने लक्ष्य रहेको बताए । बीमालाई नेपालीको घरदैलोसम्म पुर्‍याउन सबै अभिकर्ता एकजुट भई युद्धस्तरमा लाग्नुपर्नेमा उनले जोड दिए।

पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले गत वर्षको लक्ष्य प्राप्तिमा योगदान दिने सबै अभिकर्तालाई धन्यवाद दिँदै नेपाल लाइफका अभिकर्ता नेपालकै सक्षम र अब्बल रहेको बताए। नेपाल लाइफको बजार हिस्सा अझ बढाउँदै बीमितको विश्वास कायम राख्न अभिकर्ताहरू प्रतिबद्ध रहेको उनको भनाई रहेको थियो ।

त्यस्तै, पेशागत बीमा अभिकर्ता संघ, नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले कम्पनीले आयोजना गरेको सभ्य र भव्य कार्यक्रमका लागि व्यवस्थापनलाई धन्यवाद दिँदै सम्पूर्ण क्वालिफाइड एमडीआरटी अभिकर्तालाई बधाई ज्ञापन गरे ।

अभिकर्ताहरूको तर्फबाट मन्तव्य राख्दै मुक्तिनाथ काप्रीले नेपाल लाइफको निरन्तर सहयोग, मार्गदर्शन र उत्प्रेरणाकै कारण उल्लेख्य संख्यामा एमडीआरटी र सिओटी अभिकर्ता उत्पादन गर्न सफल भएको बताए। अभिकर्ताको सीप विकासका लागि कम्पनीले गर्दै आएको प्रयासको उनले प्रशंसा समेत गरे ।

तीन दिनसम्म चलेको कार्यक्रममा गायक अस्मिता अधिकारी, महेश काफ्ले र बद्री पंगेनीको विशेष सांगीतिक प्रस्तुति रहेको थियो भने कमेडियन सुबोध गौतम र प्रभात लामाले हास्य प्रस्तुति दिएका थिए। साथै मोटिभेसनल स्पिकर सुगरिका केसीले उपस्थित अभिकर्ताहरूलाई प्रेरणादायी सन्देश प्रदान गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit