Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै, १०० भन्दा बढी परियोजना प्रदर्शनीमा

एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै, १०० भन्दा बढी परियोजना प्रदर्शनीमा
विज्ञापन
Advertisement

काठमाडौं । विद्यार्थीहरूमा एआई, रोबोटिक्स तथा कोडिङसम्बन्धी सीप र नवप्रवर्तन क्षमताको विकास गर्ने उद्देश्यले स्किल्सअपले स्टिमपेडियासँगको सहकार्यमा ‘कोडभर ७.०’ नामक राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता यही माघ २६ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनपम फुडल्याण्डमा हुने आयोजकले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

देशभरका ५० भन्दा बढी विद्यालय तथा कलेजबाट करिब ५०० विद्यार्थी सहभागी हुने यस प्रतियोगितामा ७ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीहरू सहभागी हुनेछन्। सहभागीहरूलाई इलिमेन्टरी, जुनियर र सिनियर गरी तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ।

प्रतियोगिताअन्तर्गत इन्नोभेसन तथा उद्यमशीलता, एआई रोबो च्यालेन्ज, रोबो सकर र वेलनेस वेभ गरी चार प्रमुख ट्र्याक समावेश गरिएको छ। विद्यार्थीहरूले दिगो विकास लक्ष्यसँग मेल खाने सामाजिक आविष्कार, स्वास्थ्य प्रविधि, रोबोटिक चुनौती तथा रोबो फुटबलसम्बन्धी परियोजनाहरू प्रस्तुत गर्नेछन्।

प्रतियोगितामा फायर डिटेक्सन सिस्टम, सोलार ट्र्याकिङ सिस्टम, अटोमेटिक पेट फिडर, मेडिसिन रिमाइन्डर, वाटर क्वालिटी मोनिटरिङ, क्यालोरी ट्र्याकिङ सिस्टम, स्मार्ट स्ट्रिट लाइट, ब्लुटुथ कन्ट्रोल्ड डक्टर रोबोट, क्यु म्यानेजमेन्ट सिस्टम, वेदर मोनिटरिङ सिस्टमलगायत स्वास्थ्य, ऊर्जा, एआई, अटोमेसन, क्लाइमेट र इको–इनोभेसनसँग सम्बन्धित १०० भन्दा बढी परियोजनाहरू प्रदर्शनीमा रहनेछन्।

आयोजकका अनुसार प्रतियोगिता अवलोकन गर्न २,५०० भन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ। स्किल्सअपले ‘कोडभर ७.०’ को मुख्य उद्देश्य प्राविधिक उत्कृष्टताको प्रोत्साहन, सिद्धान्त र अभ्यासबीचको दूरी घटाउने, स्थानीय प्रतिभाको पहिचान गर्ने तथा विद्यार्थीहरूमा उद्यमशील सोचको विकास गराउने रहेको जनाएको छ।

प्रतियोगिताका विजेताहरूका लागि कुल १० लाख रुपैयाँ बराबरको पुरस्कार व्यवस्था गरिएको छ। साथै, प्रतियोगिताबाट छनोट हुने शीर्ष २०–२५ टोलीले आगामी मे महिनामा इन्डोनेसियामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit