काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले भाद्र २४ गते घटनाको सत्यतथ्य छानबिन गर्न एक उच्चस्तरीय छानबिन समिति एक हप्ताभित्र गठन गर्ने भएको छ । सार्वजनिक गरिएको एक सय बुँदे कार्यसूची अन्तर्गत सरकारले यस्तो समिति बनाउने भएको हो ।
उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण सङ्कलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिने तथा समितिको सिफारिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाउने सरकारको रणनीति रहेको छ ।

















प्रतिक्रिया दिनुहोस्