Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुन प्रतितोला ८२ सय र चाँदी ३३५ रुपैयाँले घट्यो, तोलाको कति ?

सुन प्रतितोला ८२ सय र चाँदी ३३५ रुपैयाँले घट्यो, तोलाको कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ। गत शुक्रबारदेखि ओरालो लाग्न सुरु गरेको सुनको मूल्य साताको पहिलो कारोबार दिन (आइतबार) पनि घटेको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिनको तुलनमा आज सुन एकैदिन प्रतितोला ८२ सय रुपैयाँले घटेको हो ।

गत शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। दुई दिनको ट्रेन्डलाई हेर्दा नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आइसकेको छ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत शुक्रबार चाँदी प्रतितोला ५ हजार २३० रुपैयाँमा खरिदबिक्री भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी तोलामा ३३५ रुपैयाँले ओरालो लागेको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit