Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मनहरीको विकासमा स्थानीय सरकार र सीजी रिलायन्सको सहकार्य

मनहरीको विकासमा स्थानीय सरकार र सीजी रिलायन्सको सहकार्य
विज्ञापन
Advertisement

मकवानपुर । सीजी रिलायन्स बेभरेज प्रालिले मनहरी गाउँपालिका वडा नम्बर ६ सँगको समन्वयमा स्थानीय क्षेत्रको सार्वजनिक सुरक्षा र वातावरणीय सुधारका लागि सामुदायिक कार्यक्रमहरू सञ्चालन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले आफ्नो उत्पादन कारखाना वरपरका क्षेत्रमा स्थानीय बासिन्दा र यात्रुहरूको सुरक्षित आवागमनका लागि सडक बत्तीहरू जडान गरेको छ। साथै, विश्व वातावरण दिवसको अवसर पारेर सरसफाइ र पर्यावरणीय चेतना जगाउने उद्देश्यले वडाका विभिन्न सार्वजनिक स्थानहरूमा राख्नका लागि टिकाऊ फोहोर संकलन डस्टबिनहरू समेत हस्तान्तरण गरेको छ।

मनहरी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष युवराज थपलियाले कम्पनीको यस कार्यको प्रशंसा गर्दै सामुदायिक कल्याणका लागि स्थानीय सरकार र कम्पनीबीचको यस्तो सहकार्य महत्त्वपूर्ण हुने बताए । सीजी रिलायन्सले स्थानीय समुदायको दिगो विकासका लागि आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

सीजी रिलायन्स बेभरेज प्रालि नेपालको चौधरी ग्रुप र भारतको रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड बीचको संयुक्त लगानीमा सञ्चालित कम्पनी हो, जसले नेपालमा लोकप्रिय पेय पदार्थ ‘क्याम्पा’ को उत्पादन तथा वितरण गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit