Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सांग्रिला मोटर्सले लिपमोटर ‘बि–१०’टप भेरियन्टमा ५ लाख रुपैयाँले घटायो मूल्य

सांग्रिला मोटर्सले लिपमोटर ‘बि–१०’टप भेरियन्टमा ५ लाख रुपैयाँले घटायो मूल्य
विज्ञापन
Advertisement

काठमाडौं । नेपालका लागि लिपमोटर गाडीहरूको आधिकारिक वितरक सांग्रिला मोटर्सले लिपमोटर ‘बि–१०’ टप भेरियन्टको परिमार्जित मूल्य घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपालको नयाँ कर संरचना लागू भएसँगै कम्पनीले यस गाडीको मूल्य २०२६ मोडेलका लागि साविकको मूल्य ६० लाखबाट ५ लाख रुपैयाँ घटाएर ५४.९९ लाख कायम गरेको छ। उत्तरढोकास्थित लिपमोटरको शोरुममा आज आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीले यो मूल्य सार्वजनिक गरिएको हो।

मूल्य परिमार्जनको सन्दर्भमा बोल्दै सांग्रिला मोटर्सका निर्देशक जय गोल्छाले मूल्य परिमार्जनबाट लिपमोटर ‘बि–१०’लाई पहुँचयोग्य बनाउने प्रयास गरेको बताए । ‘स्मार्ट र प्रविधिमैत्री इलेक्ट्रिक एसयूभी खोजिरहेका ग्राहकहरूका लागि लिपमोटर ‘बि–१०’ लाई थप पहुँचयोग्य बनाउने हाम्रो प्रयास हो। लिपमोटर ‘बि–१०’ टप भेरियन्टको मूल्य ५ लाखले घटेर अब मात्र ५४.९९ लाख रुपैयाँ कायम हुनुले नेपाली ग्राहकहरू माझ अत्यन्तै सुलभ मूल्यमा परिष्कृत इलेक्ट्रिक मोबिलिटी भित्र्याउने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ।’

लिपमोटर ‘बि–१०’ एक आधुनिक एसयूभी प्याकेज हो, जसमा इन्टेलिजेन्ट टेक्नोलोजी, प्रिमियम आराम र उत्कृष्ट कार्यक्षमताको संयोजन गरिएको छ। यसमा ६७.१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री र १६० किलोवाट मोटर पावर रहेको छ। यस्तै, गाडी अत्याधुनिक एडास सुविधाहरू र यूरो एनक्याप ५–स्टार सेफ्टी रेटिङका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ। गाडीमा फास्ट–चार्जिङ क्षमता रहेको छ भने यसले ६०० किलोमिटर डब्लुएलटीपीको उत्कृष्ट ड्राइभिङ रेन्ज प्रदान गर्दछ। स्मार्ट ककपिट, फराकिलो इन्टेरियर र आधुनिक ईभी प्रयोगकर्ताहरूलाई सहज तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने गरी यसको डिजाइन गरिएको जनाइएको छ।

लिपमोटर विश्वप्रसिद्ध अटोमोबाइल समूह ‘स्टेलान्टिस’ द्वारा समर्थित स्थापित ईभी ब्रान्ड हो, जसको मातहतमा मसेराटी, जिप, पुजो लगायत १४ वटा अग्रणी अटोमोबाइल ब्रान्डहरू रहेका छन्। चीनको अग्रणी ईभी स्टार्टअपका रूपमा बलियो बजार हिस्सा ओगट्न सफल लिपमोटरको यो सफलता यसको १० लाखभन्दा बढी विश्वव्यापी बिक्री पुगिसकेको छ।

विश्वका ४० भन्दा बढी देशहरूमा फैलिसकेको १,७०० भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरहरूको वृहत नेटवर्कका कारण लिपमोटरका ग्राहकहरूले सदैव ढुक्क भई यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit