काठमाडौं । नेपाल र भारतबीच सीधै बैंक खातामा रकम पठाउन र प्राप्त गर्न सकिने (डाइरेक्ट ट्रान्सफर) डिजिटल क्रस–बोर्डर पेमेन्ट सेवा सुरु भएको छ।
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त रूपमा यस सेवाको उद्घाटन गरेका हुन्। नेपालको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) र भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपिआई) प्रणालीलाई जोडेर यो सेवा सञ्चालनमा ल्याइएको हो।
उक्त सेवा सञ्चालनमा आएसँगै अब नेपालबाट भारत पैसा पठाउँदा नेपालमा रहेका भारतीय नागरिकले प्रतिपटक १५ हजार भारु र प्रतिमहिना बढीमा २ लाख भारुसम्म पठाउन सक्नेछन्।यसैगरी, भारतमा कार्यरत नेपाली वा त्यहाँका बासिन्दाले प्रतिपटक २ लाख भारुसम्म नेपालमा पठाउन सक्नेछन्। यसमा दैनिक वा मासिक सीमा तोकिएको छैन।
हाललाई यो सेवा नेपालका आधा दर्जन बैंकहरू मार्फत सीधै बैंक खाताबाट बैंक खातामा ट्रान्सफर गर्न सकिनेछ। यसअघि भारतीय नागरिकले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न पाउने सुविधा पाइसकेका भए पनि नेपालबाट भारत जानेहरूले क्यूआर मार्फत भुक्तानी गर्ने सुविधा अझै पाएका छैनन् ।
















प्रतिक्रिया दिनुहोस्