Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चीन सीमावर्ती क्षेत्र किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट बन्द, सरकारी र वित्तीय काम ठप्प

चीन सीमावर्ती क्षेत्र किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट बन्द, सरकारी र वित्तीय काम ठप्प
विज्ञापन
Advertisement

सङ्खुवासभा । चीनसँग सीमा जोडिएको सङ्खुवासभाको भोटखोला गाउँपालिका– किमाथाङ्कामा शुक्रबारदेखि नेपाल टेलिकमको इन्टरनेट (फोरजी) सेवा अवरुद्ध भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

भोटखोला–१ का वडाध्यक्ष नुर्पु च्यावाले किमाथाङ्का क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा अचानक अवरुद्ध भएको जनाउँदै समस्या देखिएलगत्तै सम्बन्धित निकायलाई जानकारी गराइएको बताए । तर, आइतबार सम्म पनि सेवा सुचारु भएको छैन् ।

इन्टरनेट सेवा अवरुद्ध भएपछि स्थानीयवासी सूचना आदानप्रदान गर्न, आफन्तसँग सम्पर्क गर्न तथा विभिन्न अनलाइन सेवा लिनबाट बञ्चित भएका छन् । ‘इन्टरनेट’मार्फत सञ्चालन हुने सरकारी, वित्तीय तथा अन्य सेवामा यसले असर परेको भन्दै तत्काल नियमित रूपमा सेवा सञ्चालनका लागि सरोकार भएका निकायले तत्परता देखाउनुपर्ने स्थानीयले बताएका छन् ।

नेपाल–चीन सीमा क्षेत्रमा अवस्थित किमाथाङ्का व्यापारिक, रणनीतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र मानिन्छ । सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीयसँगै सीमा क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी तथा सेवाग्राही प्रभावित भएका छन् ।

किमाथाङ्का दुर्गम हिमाली क्षेत्रमा पर्ने भएकाले पनि प्राविधिक समस्या हुँदा समाधान गर्न समय लाग्न सक्ने स्थानीयको भनाइ छ । यसैबीच, उनीहरूले समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरी शीघ्र सेवा सञ्चालन गर्नुपर्ने माग सम्बन्धित निकायसँग गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit