काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं र जिल्ला आर्थिक गणना कार्यालय, काठमाडौंको संयुक्त आयोजनामा ‘राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ।
संघको कान्तिपथस्थित सचिवालयमा आइतबार आयोजित उक्त कार्यक्रममा राष्ट्रिय आर्थिक गणनाको परिचय, महत्त्व, उद्देश्य, गणना प्रक्रिया र आवश्यक कागजातका विषयमा विस्तृत छलफल भएको थियो। हाल वैशाख २ गतेदेखि असार ७ गतेसम्म देशव्यापी रूपमा राष्ट्रिय आर्थिक गणना सञ्चालन भइरहेको छ।
बाँकी अवधिभित्र काठमाडौं जिल्लाका सम्पूर्ण उद्योग, व्यवसाय तथा प्रतिष्ठानहरूलाई गणनामा समेट्ने विषयमा समेत सहभागीहरूबीच छलफल भएको थियो। संघले काठमाडौंका सम्पूर्ण उद्योगी तथा व्यवसायीहरूलाई गणनाका लागि आउने गणकहरूलाई सही विवरण उपलब्ध गराई सहयोग गर्न हार्दिक अनुरोध गरेको छ।
आर्थिक गणना सम्बन्धी थप जानकारीका लागि टोल फ्री नम्बर ११७८ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

















प्रतिक्रिया दिनुहोस्