चितवन । चितवनको माडी नगरपालिकाले नगर क्षेत्रभित्र प्लास्टिकजन्य सामग्री बिक्री वितरणमा रोक लगाएको छ। नगरपालिकाले सूचना जारी गर्दै प्लास्टिकबाट निर्मित कप, गिलास, प्लेट, काँटा तथा अन्य सामग्रीको बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको छ।
नगरपालिकाका कार्यकारी अधिकृत जगतप्रसाद भुसालले प्लास्टिकजन्य सामग्री व्यवस्थापनका लागि दिइएको समयसीमा सकिएकाले यसपछिको बिक्री वितरणमा रोक लगाइएको जानकारी दिए।
उनले वातावरणीय प्रदूषण न्यूनीकरण तथा प्लास्टिकको प्रयोग घटाउने उद्देश्यले निर्णय कार्यान्वयनमा ल्याइएको बताए नगरपालिकाले प्रतिबन्धित सामग्रीको बिक्री तथा प्रयोगलाई निरुत्साहित गर्ने जनाएको छ।
नगरप्रमुख ताराकुमारी काजी महतोले नगरवासीलाई प्लास्टिकजन्य सामग्रीको सट्टा सालका पातबाट निर्मित वस्तु प्रयोग गर्न आग्रह गरे। उनले वातावरण संरक्षणका साथै स्थानीय उत्पादनको प्रवर्द्धनका लागि वैकल्पिक सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।

















प्रतिक्रिया दिनुहोस्