Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

हुन्डाई नेपालद्वारा ‘वर्ल्ड कप टु वर्ल्ड कप’ अफरमा ४ लाखसम्मको आकर्षक छुट

हुन्डाई नेपालद्वारा ‘वर्ल्ड कप टु वर्ल्ड कप’ अफरमा ४ लाखसम्मको आकर्षक छुट
विज्ञापन
Advertisement

काठमाडौं। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले फिफा विश्वकप २०२६ लाई लक्षित गरी ‘वर्ल्ड कप टु वर्ल्ड कप’ अफर सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

फिफा विश्वकप २०२६ सँग हुन्डाईको विश्वव्यापी साझेदारीको उत्सव मनाउन यो विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ।

यस योजना अन्तर्गत ग्राहकहरूले एक विश्वकपदेखि अर्को विश्वकपसम्म ढुक्क हुनका लागि विभिन्न विशेष सुविधाहरू प्राप्त गर्नेछन्। कम्पनीका अनुसार नगद छुट र बोनस अन्र्तगत निश्चित मोडलहरूमा ४ लाखसम्मको आकर्षक नगद छुट र ४४ हजार ४४४ रुपैयाँ सम्मको विशेष ‘वर्ल्ड कप बोनस’ उपलब्ध गराइने जनाइएको छ।

यसैगरी, १ वर्षको विस्तृत बीमा सुविधासँगै सहज स्पट एक्सचेन्ज तथा गाडीको मूल्याङ्कन सुविधा समेत दिइने कम्पनीले जनाएको छ। सबै हुन्डाई गाडीहरूमा ४ वर्षको गाडी वारेन्टी, ८ वर्षको हाई–भोल्टेज ब्याट्री वारेन्टी, र ६ वर्षको निःशुल्क सर्भिसिङ ग्राहकले प्राप्त गर्न सक्नेछन् ।

नेपालभर बलियो बिक्री तथा सेवा सञ्जाल रहेको हुन्डाईले आफ्ना ग्राहकहरूलाई दीर्घकालीन मूल्य र पूर्ण ढुक्कता प्रदान गर्न यो योजना ल्याएको बताएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit