Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुधन गुरुङविरुद्ध जाहेरी दिन पुगेकालाई प्रहरी परिसरको गेटबाटै फर्काइयो

सुधन गुरुङविरुद्ध जाहेरी दिन पुगेकालाई प्रहरी परिसरको गेटबाटै फर्काइयो
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न जाँदा प्रहरीले गेटबाटै फिर्ता पठाएको भन्दै आपत्ति जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार सांसद गुरुङले प्रहरी हिरासत कक्षभित्र प्रवेश गरी जेनजी अभियन्ताहरूसँग धम्कीपूर्ण तथा अभद्र व्यवहार गरेको आरोप उनीहरुको छ । गुरुङले अपशब्द प्रयोग गरी मानसिक तथा राजनीतिक दबाब सिर्जना गर्न खोजेको तथा धम्मी दिएको उल्लेख गर्दै उनीहरु जिल्ला प्रहरी परिसर, भद्रकालीमा जाहेरी दर्ता गर्नको लागि पुगेका थिए ।

उक्त घटनाको सत्यतथ्य छानबिन तथा आवश्यक कानुनी कारबाहीको माग गर्दै जाहेरी दिन पुगेका अभियानका प्रतिनिधिहरूलाई परिसरको गेटबाटै फर्काइएको अभियानका अभियन्ता प्रकाश बमको भनाइ छ। उनले भने, ‘हिरासतमा बस्दा पूर्वगृहमन्त्री सुदन गुरुङ त्यहाँ आएर हामीलाई अभद्र व्यवहार गर्नुभयो । उहाँले ‘तिमीहरू कोबाट परिचालित छौ ? गर्न खोजेको के हो ? तिमीहरूलाई अन्तिम चेतावनी हो’ भन्दै धम्की दिनुभयो । सत्ताको आडमा जे पनि गर्न पाइन्छ भन्ने प्रवृत्तिविरुद्ध जाहेरी दिन आएका थियौं। तर प्रहरी परिसरले गेटबाटै फर्काउने वातावरण बनायो। यहाँ त जाहेरी नै लिन मानिएन।’

बमले आफूहरूलाई गेटबाटै फर्काइनु न्यायिक प्रक्रियामाथिको अविश्वास बढाउने घटना भएको उल्लेख गर्दै यसलाई तानाशाही प्रवृत्तिको संकेत भएको टिप्पणी गरे। अभियानले घटनाबारे निष्पक्ष छानबिन गरी पीडित पक्षको जाहेरी दर्ता गर्न तथा कानुनबमोजिम प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit